८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० हजार घुस लिने सई पक्राउ



अ+ अ-

बारा । ६० हजार घुस लिने प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् । बाराको प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवार पक्राउ परेका हुन्।

भारतबाट मालसामान ल्याउन सहज गराई दिने भन्दै सई कलवारले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो।

अनुसन्धानको सिलसिलामा आरोपित कलवारले सेवाग्राहीले खरीद गरेका खाद्यान्‍न सामानहरु बिक्री वितरण गर्दा दुख हैरानी नदिने तथा सहजता गरिदिने नाममा घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले मंगलबार विज्ञप्ती निकालेर जानकारी दिए।

कलवारलाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।