१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भूमा २५७० औं बुद्धजयन्तीको उल्लासः देशभर शान्तिको कामना गर्दै मनाइयो



अ+ अ-

काठमाडाैँ । शान्तिका अग्रदूत गौतम बुद्धको २५७० औं जन्मजयन्ती आज देशभर विविध कार्यक्रम गरी भव्य रूपमा मनाइएको छ ।
काठमाडौंको ऐतिहासिक एवं धार्मिक सम्पदा स्वयम्भू महाचैत्यमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो घुइँचो छ । बौद्ध धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीहरू पनि स्वयम्भू पुगेर बुद्धको प्रार्थना, पूजाआजा र दीप प्रज्वलनमा सहभागी भएका छन् । भक्तजनको चापलाई व्यवस्थित गर्न सुरक्षाकर्मी र स्वयम्सेवकहरू परिचालन गरिएको थियो ।

स्वयम्भू क्षेत्रलाई ध्वजापताका र बत्तीले सजाइएको छ, जसले त्यहाँको वातावरण अत्यन्तै आध्यात्मिक र उल्लासमय बनाएको छ । प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ । बुद्धको जीवनमा यस दिनको त्रिविध महत्व रहेको छ । ईसापूर्व ५६३ मा आजकै दिन लुम्बिनीको उद्यानमा सिद्धार्थ गौतमको जन्म भएको थियो । लामो कठोर तपस्यापश्चात उहाँले भारतको बोधगयामा आजकै दिन ‘बुद्धत्व’ (ज्ञान) प्राप्त गर्नुभएको थियो भने कुशीनगरमा आजकै दिन उनले ‘महापरिनिर्वाण’ प्राप्त गर्नुभएको थियो ।

गौतम बुद्धले प्रतिपादन गरेको ‘अहिंसा परमो धर्मः’ र चार आर्य सत्यका उपदेशहरू आजको विश्वमा झन् सान्दर्भिक बन्दै गएका छन् । संसारमा व्याप्त अशान्ति, द्वन्द्व र रिसलाई त्यागेर शान्ति र करुणाको मार्गमा लाग्न बुद्धका दर्शनले सन्देश दिने गर्दछ । काठमाडौंको बौद्ध, लुम्बिनी, नमोबुद्ध लगायतका स्थानहरूमा पनि बुद्धजयन्ती विशेष समारोहका साथ मनाइएको छ । नेपाल सरकारले यस दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउँदै सार्वजनिक बिदा समेत दिँदै आएको छ । —न्युज एजेन्सी नेपाल