३१ श्रावण २०८३, आईतवार
,
Latest
बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य: ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं ।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गर्नुभएको छ । 

शनिवार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा जुन खालका समस्याहरु देखा परेका छन्, यो राष्ट्रिय राजनीति नेशनल पोलिटिक्सको दुई वटा पोलमा परिणत भएको छ । यो दुर्भाग्य भन्नुहोस्, बिडम्बना भन्नुहोस्, दुई वटा पोलमा पोलराइज भएको छ । एउटा पोलको लिड नेकपा एमालेले गरेको छ । त्यसले निश्चित एजेण्डाहरु, पोलिटिकल्स स्टाब्लिटीको कुरा, आर्थिक विकास र समृद्धिको कुरा, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा, सामाजिक सद्भावको कुरादेश बनाउने सपनाहरुलाई जागृत गर्ने कुरा गरेको छ ।

नेकपा एमालेले । यो पार्टी प्रचारका लागि होइन, यथार्थ हो । अर्को पोल गठबन्धनको पोल छ । यो गठबन्धनको बारेमा मैले केही भन्नु पर्दैन । गठबन्धनमा आवद्ध भएका विभिन्न नेता साथीहरुले प्रतिक्रिया व्यक्त गर्दै हुनुहुन्छ । त्यसलाई हेरे पुग्छ । आज राजनीतिभित्र जस्तो खालको विकृति, विसंगति देखा परेको छ । राजनीति क्षेत्रमा देखिएका विकृति, विसंगतिमाथि सबैले खबरदारी गर्नुपर्ने देखिएको छ । राजनीति बिग्रियो भने सबै कुरा बिग्रिन्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिमा देखिएका विकृति र विसंगतिलाई चिर्न सबैले खबरदारी गर्नुपर्ने बताउनु भयो ।