१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

उपनिर्वाचन: आज रातिदेखि मौन अवधि शुरु, अन्तिम दौडधुपमा नेताहरु

उपनिर्वाचन: आज रातिदेखि मौन अवधि शुरु, अन्तिम दौडधुपमा नेताहरु
अ अ+ अ-

काठमाडौं । जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा छन्। बुधबार रातिदेखि मौन अवधि सुरु हुनेछ। सत्तासीन नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेता चुनावी सभा सम्पन्न गरी राजधानी फर्केका छन्। कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदै छ। दलहरूले बुधबार भक्तपुरमा अन्तिम चुनावी सभा राखेका छन्। नेकपाको चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै उपत्यकाबाहिरका चुनावी सभा सम्पन्न गरेर मंगलबार काठमाडौं फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बुधबार भक्तपुरमा पार्टीको चुनावी सभामा सम्बोधन गर्नेछन्। देउवाले पोखरा, बागलुङ, दाङ र धरानका चुनावी सभालाई सम्बोधन गरेका थिए। भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त) को संयुक्त चुनावी सभा छ। सभमा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले सम्बोधन गर्दैछन्।उपनिर्वाचनलाई दुई तिहाइको नेकपा सरकारले जनभावना बुभm्न र विपक्षी कांग्रेसले जनता मन फर्केको वा नफर्केको बुझ्न खोजेको छ।

वडाअध्यक्ष तहसम्मको चुनावलाई प्रभाव पार्न प्रमुख दलका वरिष्ठ नेताहरु नै खटिएका छन्। अछामको मेल्लेख गाउँपालिकाको वडा नम्वर ५ को अध्यक्षको चुनावी सभालाई नेकपाका नेता भीम रावलले सम्बोधन गरे। उक्त वडाको चुनावी सभालाई कांग्रेसका एनपी साउदले पनि सम्बोधन गरेका थिए। कास्की–२, भक्तपुर १ (१), बागलुङ २ (२) र दाङ ३ (२) मा नेकपा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका छन्।

निर्वाचन आयोगका अनुसार स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदका लागि पनि उपनिर्वाचन हुँदै छ । उपननिर्वाचनमा १ सय १ दलले भाग लिँदै छन्। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन्। ०७४ को निर्वाचनपछि थपिएका १६ हजार २ सय १९ मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउनेछन्। आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ।

मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्। शीर्ष नेताहरू चुनावी दौडधुपमा सक्रिय भए पनि यसपटक आचारसंहिता उल्लंघनका उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ। आयोग प्रवक्ता नरेन्द्र दाहाल स्थानीय तहमा राजनीतिक दलका नेतासमेत राखेर आचारसंहिता अनुगमन समिति बनाइएकाले पनि आचारसंहिता उल्लंघनका घटनामा कमी आएको बताउँछन्।

सुरक्षाको सबै प्रबन्धः आयोग,निर्वाचन आयोगले सुरक्षासहित निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ। आयोग प्रवक्ता नरेन्द्र दाहालले बिहीबारभित्र उपनिर्वाचन हुने सबै स्थानमा मतपत्र, परिचयपत्रसहित सबै सामग्री बोकेर मतदान अधिकृत पुग्ने बताए। ‘अब हामी मतदान पर्खेर बसेका छौं,’ दाहालले भने, ‘मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आयोगले आग्रह गरिसकेको छ।’ बुधबार राति १२ बजे मौन अवधि सुरु हुने भएकाले उक्त अवधिलाई निकै संवेदनशील रुपमा लिइएो दाहालले बताए। अन्नपुर्णपोष्ट दैनिकबाट