२२ भाद्र २०८३, सोमबार
,
Latest
धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’



अ+ अ-

काठमाडौं । गाउँ पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरमा दुईदिने ‘होमस्टे मार्ट’ सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) को सहआयोजनामा मार्ट आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार मार्टका क्रममा बन्दीपुर र आपसका पर्यटकीयस्थलका साथै रुम्सी होमस्टे, रामकोट होमस्टे, सिद्ध गुफालगायत स्थानको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीलाई भ्रमण गराइएको थियो ।

मार्टका माध्यमबाट बन्दीपुर ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबाबु थापाले बताए । बन्दीपुर भ्रमण वर्ष २०२५पछि पुनः बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष घोषणा गरिएकोभएका अवस्थामा मार्ट यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे ।

मार्टमा गण्डकी प्रदेशअन्तर्गतका ११ वटा जिल्लामध्ये म्याग्दीबाहेक सबै जिल्लाका २९ वटा होमस्टेका प्रवर्द्धनकक्ष समावेश छन् । गाउँ पर्यटनसम्बन्धी विभिन्न विषयमा छलफलका पनि आयोजना भएका छन् ।