१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कृषि सामग्री प्रमुखकै नागरिकता नक्कली भेटिएपछि अख्तियारद्वारा छानबिन सुरु

कृषि सामग्री प्रमुखकै नागरिकता नक्कली भेटिएपछि अख्तियारद्वारा छानबिन सुरु
अ अ+ अ-

वीरगन्ज। कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय प्रदेश ५ का प्रादेशिक प्रमुख अजयकुमार श्रीवास्तवको नागरिकता छानबिन हुन थालेको छ । भारतीय भई जाली नागरिकता बनाएर नेपाल सरकारको उच्च पदमा जागिर खाइरहेका श्रीवास्तवको नागरिकता छानबिन हुन थालेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा श्रीवास्तवको जाली नागरिकता सम्बन्धी उजुरी परेपछि अख्तियारले कपिलवस्तु जिल्ला प्रशासन कार्यालयलाई छानबिन गर्न पत्राचार गरेको खुलासा भएको छ ।

श्रीवास्तवले कपिलवस्तुबाट वंशजका आधारमा नागरिकता लिएको कुरा अहिले सतहमा आएको छ । भारत उत्तरप्रदेश घर भई राज्यलाई झुक्याएर कपिलवस्तु जिल्लाबाट नेपाली नागरिकता लिएर उनी कृषि सामग्री कम्पनीको प्रदेश ५ को प्रादेशिक कार्यालयमा कार्यरत रहेको कृषि सामग्री कम्पनीका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठसँग बुझ्दा उनले अजय श्रीवास्तव कि अक्षय श्रीवास्तव ? को एउटा जाली नागरिकताबारे अनुसन्धान भइरहेको बताए ।

एउटा नागरिकता छानबिन गर्नु भनी अख्तियारबाट सूचना आएनुसार अनुसन्धान थालिएको उनको भनाइ छ । प्रादेशिक प्रमुख अजयकुमार श्रीवास्तवको वास्तविक थर श्रीवास्तव नभए पनि उनले कपिलवस्तुको बहादुरगन्जका एक नातेदारको श्रीवास्तव थरबाट नागरिकता लिन सफल भएको बुझिएको छ । गत आर्थिक वर्षमा उनकी आमाको मृत्यु हुँदा पनि उनी भारतमा नै गई आमाको काजकृया गरेर फर्किएको कृषि सामग्री कम्पनीका एक कर्मचारीले खुलासा गरे ।

‘हामीलाई पनि शंका त छ तर छानबिन गर्ने निकाय अरू नै हुँदा उहाँ उम्किरहनुभएको छ ।’नक्कली नागरिकताको सवालमा श्रीवास्तवसँग बुझ्दा उनले भने, ‘तपाईंहरूलाई यस्तो कुरा कसरी थाहा हुन्छ ? मलाई त थाह छैन, कस्ले भन्छ यस्तो कुरा ?’ उनले आफूले पनि यसबारे बुझ्ने बताए । ‘कपिलवस्तु त मेरो छिमेकी जिल्ला हो ? म पनि बुझ्छु त्यसो भए,’ श्रीवास्तवले भने । राजधानी दैनिकबाट