३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता



इन्द्रबहादुर बानियाँ/फाइल फोटो
अ+ अ-

काठमाडौं । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार देश, जनताप्रति जवाफदेही रहेको तथा प्रदेशमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सञ्चारकर्मीहरुसँग बिहीबार अपराह्न भएको सङ्क्षिप्त कुराकानीमा उहाँले राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन गर्न सरकार इमान्दार रहेको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले दलीय स्वार्थ त्यागेर प्रदेश सरकारको नीति कार्यक्रम, बजेट, योजना बाँडफाँटलगायत दैनिक कार्य सम्पादनसम्बन्धी विषयको गाम्भीर्यलाई ध्यान दिएर जिम्मेवारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।