१७ श्रावण २०८३, आईतवार
,
Latest
ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न ‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्र श्रमिक अधिकार, मर्यादा र सुरक्षाप्रति सधैं प्रतिबद्ध छ: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमको सम्मान गर्दै सुरक्षित कार्य वातावरण, उचित पारिश्रमिक र सीप विकासमा थप ध्यान दिनु पर्ने जनाउनु भएको छ ।

१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दे अध्यक्ष ढकालले श्रम नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो ।

उहाँले श्रमिकहरूको परिश्रम, सीप र समर्पणले उद्योग, व्यापार र राष्ट्रिय विकासलाई गति दिएको छ जनाउदै निजी क्षेत्र श्रमिक अधिकार, मर्यादा र सुरक्षाप्रति सधैं प्रतिबद्ध छ र आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्ध जनाउनु भयो ।

उहाँले भन्नुभयो “नेपालमा श्रम सम्बन्ध समग्रमा सकारात्मक र सन्तुलित दिशामा अघि बढिरहेको छ, जुन अत्यन्तै सुखद कुरा हो। उद्योग र श्रमिकबीचको सहकार्य, संवाद र पारस्परिक विश्वासले उत्पादनशीलता वृद्धि गर्नुका साथै आर्थिक गतिविधिलाई गतिशील बनाएको छ।”

अध्यक्ष ढकालले आजको दिनले हामी सबैलाई श्रमको सम्मान गर्दै सुरक्षित कार्य वातावरण, उचित पारिश्रमिक र सीप विकासमा थप ध्यान दिन प्रेरित गरोस भन्दै श्रम र पूँजीबीचको सुमधुर सम्बन्धलाई अझ मजबुत बनाउँदै समृद्ध नेपाल निर्माणमा हातेमालो गर्न आब्हान गर्नुभएको छ ।