१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सय २५ को स्वास्थ्य परीक्षणः २० जनामा क्यान्सर



अ+ अ-

तनहुँ। तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ३२५ जनाले सेवा लिएका छन् ।

यही वैशाख १६ र १७ गते सञ्चालित शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, सुर्तीजन्य पदार्थबाट हुने नाक, कान, मुख र घाँटीको क्यान्सरलगायत रोगको परीक्षण गरिएकामध्ये बीस जनामा क्यान्सर देखिएको हो ।

उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाले जानकारी दिँदै उहाँहरूको थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल पठाइएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाको आयोजना, व्यास नगरपालिकाको आर्थिक सहयोग, विपी कोइराला क्यान्सर अस्पतालको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

रेडक्रस सोसाइटी सामाजिक संस्था भएकाले तनहुँ, कास्की र लमजुङ जिल्लाका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाका सभापति प्रमोद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दश वर्षपछि लाग्ने रोग आजको परीक्षणबाट थाहा हुने भएकाले शिविर महत्वपूर्ण र फलदायी भएको विश्वास गरिएको छ ।” रासस