८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्येक वर्षझै सेनाद्वारा वृद्धवृद्धालाई यो वर्षपनि न्यानो लुगा वितरण



अ+ अ-

भीमदत्तनगर । नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आज न्यानो लुगा वितरण गरेको छ । सो अवसरमा सेनाले केन्द्रलाई खाद्य सामग्रीसमेत उपलब्ध गराएको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र देवीदल गण मझगाउँ ब्यारेकले वृद्धाश्रमका ६२ वृद्धवृद्धालाई न्यानो लुगा, चामल, दाल, चिनी, तेललगायत सामग्री वितरण गरेको हो । सेनाले बढ्दै गरेको जाडोलाई ध्यानमा राखी न्यानो लुगा वितरण गरिएको जनाएको छ ।

श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शङ्कर पण्डितले महिला तथा वृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्दलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सेनाको सहयोग सामग्री प्राप्त गरेपछि अध्यक्ष चन्दले नेपाली सेनाले एक दशकभन्दा बढी समयदेखि वद्धाश्रमलाई सहयोग गर्दै आएको पनि बताए । विसं २०६३ मा सेनाकै सहयोगमा वृद्धाश्रम भवन निर्माण गरिएको हो । वृद्धाश्रम सञ्चालनमा नेपाली सेनाको ठूलो सहयोग रहेको छ ।

सो अवसरमा सेनाको श्री नं २५ फिएको चिकित्सकसहितको टोलीले वृद्धवद्धाको स्वास्थ्य परीक्षणसमेत गरेको थियो । श्री नंं २५ फिएबाट उपसेनानी डा बबिता सिल्वालसहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । खाद्य सामग्री वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रममा सहायकरथी पण्डित, देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यात, श्री नं २५ बाहिनीका सेनानी गोरख पुजारालगायत सैनिक अधिकृतको सहभागिता थियो ।