८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइनबाट लालपुर्जा



अ+ अ-

डोटी । जिल्ला मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ ।

सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ की कृष्णा शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक अनलाइनमार्फत सेवा शुरु ग¥यौँ र पहिलो सेवाग्राही शाही हुनुभएको छ ।” पहिलो सेवाग्राही हुनुभएकी शाहीसहित जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐर र दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको मालपोत कार्यालयले जनाएको छ ।

अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ औँ सरकारी कार्यालय हो । सेवाग्राहीको सम्पूर्ण अभिलेख अनलाइन सेवाबाट शुरु गरिएको र यसलाई जुनसुकै मालपोत कार्यालयबाट पनि हेर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक यमप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “अनलाइन प्रणालीमा लालपुर्जा राखिएपछि न हराउने डर, न चोरी हुने डर, कसैले झुक्याएर पनि कारोवार गर्न सक्दैन ।” यतिमात्र नभई अनलाइनमा राखिएका आफ्ना कागजात सेवाग्राहीले तिर्नुपर्ने राजश्वबारे हिसाब गर्न सक्ने र कारोवार भएमा यसको जानकारी मोबाइलमा आउने व्यवस्था मिलाइएको छ ।