१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास
अ अ+ अ-

काठमाडौँ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार पूर्णस्तरको आपतकालीन नमूना उद्धार अभ्यास सम्पन्न भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा विमानस्थलको स्वीकृत आपतकालीन योजनाअनुसार उद्धार अभ्यास सम्पन्न गरेको हो ।

उच्च उडान–अवतरण चाप रहेको विमानस्थलमा सम्भावित दुर्घटनाको अवस्थामा तयारी परीक्षण गर्ने उद्देश्यले अभ्यास गरिएको विमानस्थलका महाप्रवन्धक टेकनाथ सिटौलाले बताउनु भयो । सिटौलाका अनुसार आइकाओको प्रावधानअनुसार प्रत्येक दुई वर्षमा यस्ता पूर्णस्तरका अभ्यास अनिवार्य हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आइकाओको मापदण्डअनुसार बनेको विमानस्थल हो । यहाँ वायुयानको उडान अवतरणको चाप धेरै नै छ ।

आइकाओको मापदण्डअनुसार प्रत्येक दुई वर्षमा एकचोटि कुनै प्रकारको दुर्घटना भयो भने त्यसको तयारीको अवस्था स्वरुप हामीले स्वयं परीक्षण गर्नुपर्ने हुन्छ । त्यही मापदण्ड पुरा गर्नको लागि आज हामीले फुल स्केल इमरजेन्सी एक्सरसाइज गरिरहेका छौँ । यसमा धेरै वटा एजेन्सी समेत संलग्न हुनुहुन्छ ।

यस उद्धार अभ्यासको प्रतिवेदन आउँछ अनि हामी त्यसलाई कार्यान्वयन गर्छौँ’ उहाँले उद्धार अभ्यासको प्रतिवेदन आइसकेपछि त्यसको थप प्रभावकारी कार्यान्वयन गरिने बताउनु भयो । –न्युज एजेन्सी नेपाल