८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्य निरुपण तथा मेलमिलाप आयोगको उजूरीमाथी छानबिन



अ+ अ-

तुलसीपुर । सत्य निरुपण तथा मेलमिलाप आयोग प्रदेश नं ५ को मुकाम तुलसीपुरले ५०९ वटा उजूरीको प्रारम्भिक अनुसन्धान गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज तुलसीपुरमा आयोजना गरेको कार्यसम्पादन मूल्याङ्कन तथा भावि कार्यनीतिका विषयमा छलफल कार्यक्रममा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो ।

विसं २०७४ देखि सञ्चालनमा आएको उक्त कार्यालयमा एक हजार ७९९ उजूरी पठाइएको थियो । साथै आयोगका सहन्यायाधीवक्ता टेकबहादुर घिमिरेका अनुसार देशभर ६३ हजार ९५० निवेदन आयोगमा दर्ता भएका छन् । पछिल्लो एक वर्षदेखि अयोगले पूर्णता नपाउँदा देशभरका काम ठप्प भएको छ । तुलसीपुर मुकाममा पनि गएको वर्षको फागुनदेखि काम ठप्प छ ।

आयोगले पूर्णता पाएपछि काम शुरु हुनेसमेत उहाँले बताउनुभयो । साथै आगामी दिनमा आयोगको थप कार्यलय विस्तार गर्ने वा हटाउने, आगामी दिनमा कसरी कार्यसम्पादन सहज बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो । तत्कालीन नेकपा ९माओवादी० र राज्यपक्षबाट पीडित भएकाको उजूरीको सुनुवाइ तथा प्रारम्भिक अनुसन्धान तथा न्यायिक व्यस्थापन गर्ने उद्देश्यले मुकाम खोलिएको हो ।

त्यस अवसरमा उच्च सरकारी वकिल कार्यालयका सहन्याधीवक्ता ईश्वरीप्रसाद वञ्जाडेले मुकाम कार्यालयलाई पनि पीडितलाई राहात दिने गरी अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले अहिले भएका कर्मचारीको सङ्ख्या घटाएर ती कर्मचारीले खाने तलब पीडितलाई दिनुपर्ने बताउनुभयो । करारमा कर्मचारी भर्ना गर्दा द्वन्द्वपीडित परिवारलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै उच्च सरकारी वलिक कार्यालयका सहन्यायाधीवक्ता ईश्वरीप्रसाद बञ्जाडेले आफ्नो तलबको केही रकम द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो तलबको १० प्रतिशत हुन आउने रकम मासिक पाँच हजार द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले उक्त रकम रोल्पा थवाङका द्वन्द्वपीडितका विद्यार्थी तथा आमा समूहलाई सहयोग गर्ने बताउनुभयो । अन्य कर्मचारी तथा जनप्रतिनिधलाई यो कार्यमा प्रोत्साहन गर्न आफूले यसरी सहयोग घोषणा गरेकोसमेत बताउनुभयो ।