८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन



अ+ अ-

काठमाडौँ । प्रेस सङ्गठन नेपालले यही मङ्सिर २० गतेसम्म जिल्ला र प्रदेश कमिटीको एकता टुङ्गाउन निर्देशन दिएको छ । सङ्गठनले प्रदेश र जिल्ला कमिटी दुवैमा केन्द्रीय कमिटीकै अनुपातमा सदस्य निर्धारण गरे अनुसार टुङग्याउन निर्देशन दिएको सङ्गठनका संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश कमिटी संयोजक र सहसंयोजकसहित बढीमा १९ सदस्यीय र जिल्ला कमिटी बढीमा ४१ सदस्य नबढ्ने गरी प्रदेश कमिटीले तय गर्ने व्यवस्था छ । सङ्गठनले एक व्यक्ति एक पदको नीति लागू गर्दै कमिटी एकता गर्दा संयोजक र सह–संयोजक पूर्व कमिटिका अध्यक्ष संयोजक रहने व्यवस्था गरिएको छ । यदि पूर्व अध्यक्ष संयोजक कमिटीमा बस्न नमिलेमा वा अर्कालाई हस्तान्तरण गर्न चाहेको अवस्थामा सहमतिका आधारमा वरिष्ठ र सक्रियताको आधारमा चयन गर्न सकिने निर्देशनमा उल्लेख गरिएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको सङ्ख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो । साविक चौतारीबाट १२४ र सेन्टरबाट १०९ गरी केन्द्रीय कमिटीको सङ्ख्या २३५ सदस्यीय कायम गरिएको छ ।