१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीर्थस्थलबाट फर्किएका पत्रकार खड्काको अस्थिपञ्जर भेटियो



अ+ अ-

बाजुर । विगत डेढ वर्षदेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासङ्घ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अस्थिपञ्जर भेटिएको छ ।

डेढ वर्षपछि सम्पर्कविहीन भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा परिचयपत्र, लाइसेन्स, कपडा, झोलालगायत सामान भेटिएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । गत २०७५ भदौ १० गते करीब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन हुनुभएको थियो ।

उहाँले डेढ वर्षपछि हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय हुनसक्ने हुँदा यसको सत्यतथ्य छानबिन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न सरकारसँग माग गर्नुभयो ।