२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

कूटनीतिज्ञसँग भेटघाटमा नयाँ अभ्यास, प्रधानमन्त्री शाहसँग ट्रम्पका दूतको भेट अनिश्चित

कूटनीतिज्ञसँग भेटघाटमा नयाँ अभ्यास, प्रधानमन्त्री शाहसँग ट्रम्पका दूतको भेट अनिश्चित
अ अ+ अ-

काठमाडौं — विगतमा नेपाल भ्रमणमा आउने अधिकांश विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीसहित शीर्ष राजनीतिक नेतृत्वसँग भेट्ने प्रचलन रहे पनि वर्तमान सरकार गठनसँगै यो अभ्यासमा परिवर्तन देखिन थालेको छ।

बालेन्द्र शाह नेतृत्वको रास्वपाको सरकारले यस्तो भेटघाटमा नयाँ मापदण्ड अपनाउन थालेको संकेत दिएको छ। यसअघि अप्रिल २० मा तीनदिने नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरसँग पनि प्रधानमन्त्री शाहले भेट गरेका थिएनन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया विशेषदूत सर्जियो गोर आज बिहीबार काठमाडौं आउन लागेका छन् । उनले शुक्रबार वा शनिबार प्रधानमन्त्रीसँग भेटका लागि समय मागे पनि अहिलेसम्म भेट सुनिश्चित नभएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

गोर हाल भारतका लागि अमेरिकी राजदूतसमेत हुन् र ट्रम्पका निकट सहयोगीका रूपमा चिनिन्छन्। उनको हैसियत सहायक विदेशमन्त्रीभन्दा उच्च मानिन्छ। नयाँ सरकार गठन (मार्च २७) यता नेपाल भ्रमणमा आउने उनी सबैभन्दा उच्चस्तरीय अमेरिकी कूटनीतिज्ञ हुन्। क्षेत्रीय भ्रमणका क्रममा गोरले बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्स का उच्च नेतृत्वसँग भेट गरिसकेका छन्।

प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायतसँग भेट गर्नेछन् ।

यसअघि उनले अप्रिल ८ मा विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गरेका थिए।

अमेरिकी दूतावासले नयाँ सरकारसँग आर्थिक सहकार्य सुदृढ गर्दै द्विपक्षीय सम्बन्ध अझ गहिरो बनाउने अपेक्षा व्यक्त गरेको छ।