२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

राष्ट्रपति पौडेल अध्यादेश बारे कानुनविदसँग परामर्श गर्दै

राष्ट्रपति पौडेल अध्यादेश बारे कानुनविदसँग परामर्श गर्दै
अ अ+ अ-

काठमाडौं: सुशासन कायम गर्ने, सरकारी सेवाप्रवाहलाई बढावा दिने तथा प्रशासनलाई राजनीतिमुक्त गर्नेगरी सरकारले सिफारिस गरेका अध्यादेश बारे राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे संविधानविदसँग परामर्श गर्न लाग्नु भएको छ ।

यी अध्यादेशमा जटिल कानुनी र संवैधानिक प्रश्नहरु पनि रहेकाले राष्ट्रपति पौडेल दबाबमा रहेका खबरहरु सार्वजनिक भइरहेका छन् । झण्डै दुई तिहाईको शक्तिशाली बालेन शाह नेतृत्वको वर्तमान सरकारले ल्याएको १०० बुँदे कार्यसूचीमा समेत कानुनी जटिलतालाई तत्कालै अन्त्य गर्ने भनिएको थियो ।

प्रस्तावित अध्यादेशमध्ये संवैधानिक परिषदको गठन र त्यससँग जोडिएको विषय भने निकै पेचिलो रहेको छ । विगतमा समेत संवैधानिक परिषदसँग सम्बन्धित रहेर अध्यादेश ल्याइएको भए पनि त्यसले राजनीतिक वृत्तमा ठूलै हलचल ल्याएको थियो ।

परिषद्का ६ जना सदस्यमध्ये ३ जनाले निर्णय गर्नसक्ने विवादास्पद प्रस्ताव अध्यादेशमा समेटिएको छ । विगतमा राष्ट्रपतिले विधेयकमा यही व्यवस्था गर्दा बहुमत हुनुपर्ने संव‌ैधानिक र लोकतान्त्रिक मान्यता अनुरूप नभएको भन्दै राष्ट्रपति पौडेलले फिर्ता गरेका थिए ।

कानुनविद डा सुरेन्द्र भण्डारीले राष्ट्रपतिले सरकारले अघि बढाएका अध्यादेशहरुलाई तत्कालै स्वीकृत गर्नुपर्ने बताउनु भएको छ । बालेन शाह सरकारसँग झण्डै दुई तिहाईको म्यान्डेट भएकाले पनि अध्यादेश रोक्ने, फिर्ता पठाउने काम गर्दा राजनीतिक तहमा विवाद उत्पन्न हुनसक्ने उहाँको भनाई छ ।

अध्यादेश के विषयमा केन्द्रित छन् ?

सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ अध्यादेश सिफारिस गरेको छ ।

सिफारिस भएका अध्यादेशहरूमा संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठकसम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्ने अध्यादेश, सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, विगतमा राजनीतिक रूपमा नियुक्ति तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश र सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश छन् ।

अध्यादेशमा निजामति सेवाभित्रको ट्रेड युनियन खारेज गर्ने प्रावधान राखिएको छ । साथै, विगत सरकारले नियुक्त गरेका सार्वजनिक पदाधिकारीलाई एकै पटक पदमुक्त गर्ने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।