१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्री नीशा मेहताको ‘एक्सन’: अस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला गर्न कडा प्रतिबन्ध!



नीशा मेहता/फाइल फोटो
अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८३ वैशाख १६ गते जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिलाई कडाइका साथ लागु गर्दै मन्त्री नीशा मेहताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा नयाँ निर्देशन जारी गरेकी छन्।

यस विज्ञप्ति र निर्देशन अनुसार अबदेखि अस्पताल परिसरमा सम्बन्धित संस्थाको पूर्व-स्वीकृति विना (नियमविपरीत) भिडियो वा फोटो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने कार्यमा पूर्ण रोक लगाइएको छ।

बिरामीको गोपनीयता हनन हुने यस्ता गैरकानुनी कार्य गर्ने जो कोहीलाई ‘मुलुकी अपराध संहिता २०७४’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ बमोजिम कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई विज्ञप्तिमार्फत नै जानकारी गराइसकिएको छ।

मन्त्री मेहताले उपचारको क्रममा कुनै कमी-कमजोरी भएको महसुस भएमा अस्पतालमा तोडफोड वा होहल्ला गर्नुको साटो सम्बन्धित निकायमा तथ्यपरक उजुरी दिन सबै सरोकारवालालाई आग्रह गरेकी छन्।