८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा बढी प्रदेश नं १ मा श्रमिक सूचीकृत



अ+ अ-

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको एक वर्षको अवधिमा झण्डै एक लाख १६ हजार श्रमिक योजनामा सहभागी भएका मध्ये प्रदेश नं. १ मा बढी देखिएका छन् ।

मङ्गलबारसम्म कोषमा एक लाख १५ हजार ६०६ श्रमिक सूचीकृत भएका कोषले जनाएको छ । त्यस्तै १० हजार ४७७ प्रतिष्ठानसमेत सूचीकृत भएका छन् । कोषमा १८ करोड १३ लाख दुई हजार ७८१ रुपैयाँ ३१ पैसा योगदान रकम सङ्कलन भएको छ ।

सूचीकृत हुने श्रमिकमा सबैभन्दा बढी प्रदेश नं ३ बाट रहेका छन् । सो प्रदेशबाट ८७ हजार २४२ श्रमिक सूचीकृत भएका छन् । त्यस्तै प्रदेश नं १ बाट १५ हजार ७३५, प्रदेशन नं २ बाट छ हजार ८५२, गण्डकी प्रदेशबाट तीन हजार ११ श्रमिक सूचीकृत भएको कोषले जनाएको छ ।

यस्तै प्रदेश नं ५ बाट दुई हजार २०७ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट श्रमिकको सूचीकृत भएको छ । सो प्रदेशबाट अहिलेसम्म जम्मा १५० श्रमिक सूचीकृत भएका कोषले जनाएको छ । यस्ते सुदूरपश्चिम प्रदेशबाट ४०९ श्रमिक कोषमा आबद्ध भएका छन् ।

यसैगरी प्रदेश नं ३ बाट सबैभन्दा बढी सात हजार ४६ प्रतिष्ठान कोषमा सूचीकृत भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट १०५ वटा प्रतिष्ठान कोषमा दर्ता भएका छन् । प्रदेश नं १ बाट एक हजार ७०६, प्रदेश नं ५ बाट ६१०, गण्डकी प्रदेशबाट ४८७, प्रदेश नं २ बाट ४१३ र सुदूरपश्चिम प्रदेशबाट ११० प्रतिष्ठान सूचीकृत भएका कोषले जनाएको छ ।

हालसम्म सूचीकरणमा ६९ जिल्ला समेटिएका छन् ।