२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप र आयुशमान सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ। प्रदीप खड्का र आयुशमान हजुर घले १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रदीपले सक्षमविक्रम शाहलाई ६–१ र ६–२ तथा आयुशमानले निहालजंगबहादुर थापालाई ६–३, ४–६ र ६–३ को सेटमा पराजित गरे । सोही स्पर्धामा प्रणव मानन्धरले राजवीर प्रधानलाई ६–१ र ६–१ तथा दर्शिल श्रेष्ठले प्रणव खनाललाई ३–६, ६–३ र ६–४ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा प्रदीप खड्का र प्रितम परियारको जोडीले निहालजंगबहादुर थापा र प्रणव मानन्धरको जोडीलाई ६–३, १–६ र ७–५, प्रणव खनाल र आयुशमान हजुर घलेको जोडीले राजवीर प्रधान र उगेन शेर्पाको जोडीलाई ६–३ र ६–२ को सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार, भीष्मजंग गुरुङ, सन्तोष खत्री र दावा सोनाम शेर्पा सेमिफाइनलमा पुगे । त्यसै स्पर्धाको पुरुष डबल्समा भीष्मजंग गुरुङ र गगन महर्जन, निरज रेग्मी र इश्वर जिसी, सन्तोष खत्री र जुजुमन किम तथा जितेन्द्र परियार र छेवाङ लामाको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, उत्तम बोगटी, मच्छिन्द्र थापा र विमलकुमार गुरुङले सेमिफाइनलमा स्थान बनाए । उक्त स्पर्धाको पुरुष डबल्समा चन्द्र शाही र सोभित श्रेष्ठ, सागर केसी र निरञ्जनकुमार श्रेष्ठ, धर्म शाही र आशिष सिग्देल तथा मनु त्रिपाठी पृथ्वीमान गुरुङको जोडी सेमिफाइनलमा प्रवेश गरे ।

४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ, देव क्षेत्री, अमितसिंह गुरुङ र रोहित सुनुवारले सेमिफाइनलमा स्थान बनाए । ७० वर्षमाथि पुरुष सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकार र धीरबहादुर गुरुङले फाइनलमा स्थान निश्चित गरे ।