१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली शान्ति सैनिकको अदलीबदली



अ+ अ-

काठमाडौँ। संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का) मिसनमा तैनाथ शान्ति सैनिकको अदलीबदली भएको छ ।

सो मिसनअन्तर्गत रिपुमर्दन गण सातौँ डफ्फा र सैनिक प्रहरी युनिट दशौँ डफ्फालाई बदली गर्न कालीबहादुर गण आठौँ डफ्फा र सैनिक प्रहरी गण एघारौँ डफ्फाका १९७ जना शान्ति सैनिकको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १९७ जना नेपाली शान्ति सैनिक यही वैशाख ११ गते स्वदेश फिर्ता भएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार १०७ जना शान्ति सैनिक कार्यरत छन् ।  रासस