१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभेदका घटनाका आरोपितलाई कारबाही गर्न माग



अ+ अ-

काठमाडौँ। दलित महिला सङ्घ (फेडो)ले रोल्पाको गङ्गादेव गाउँपालिका–५ फुलवासका भीमबहादुर खत्रीले १० वर्षीय बालक खगेन्द्र विकमाथि कुटपिट गरेको घटनाको निष्पक्ष छानबिन गरी कानुनअनुसार पीडकलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।

यही वैशाख ११ गते फुलवासका खत्रीले आफ्नो घरभित्र पसेको भन्दै विकलाई मरणासन्न हुनेगरी कुटपिट गरी निधार फुटाइदिएका थिए । फेडोले आज एक विज्ञप्ति जारी गरी जातका आधारमा गरिने त्यस किसिमको जघन्य अपराध, हिंसा, छुवाछुत र अपमानजनक व्यवहार राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनको बर्खिलाप भएको उल्लेख गर्दै पीडितलाई न्याय दिन माग गरेको हो ।

“बच्चाको निधार फुटेर रगताम्मे भई ढलेपछि छोरालाई उपचार गर्न अस्पताल लाँदैगर्दा बुबा गोपाल विकलाई समेत खत्रीले धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको मानवताविरुद्धको यस घटनाले फेडोको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

उक्त घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ । नयाँ सरकार निर्माण भएपछि राज्यका तर्फबाट हालैमात्र दलित समुदायउपर हुँदै आएको जातीय विभेद र अन्यायका लागि माफी मागिएको थियो । रासस