१७ श्रावण २०८३, आईतवार
,
Latest
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनभिए लिगको महिलातर्फ फाइनलमा न्यु डायमण्ड र पुलिस भिड्ने



अ+ अ-

काठमाडौं। एक खेलअगावै नेपाल पुलिस क्लव जारी प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा महिलातर्फ शिर्ष दुई स्थानमा रहँदै फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरमा बुधबारको खेलमा नेपाल पुलिस क्लव विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै चौथो खेलसम्म अपराजित रह्यो । शिर्ष दुई स्थानमा रहेर फाइनलमा पुग्न पुलिसलाई एक अंक र एपिएफसँग जितको विकल्प थिएन ।

पहिलो सेट आफ्नो बनाउँदै एपिएफले चुनौती दिए पनि जित निकाल्न असफल भयो । यससँगै चौथो खेलसम्म अपराजित पुलिस एक खेलअगावै फाइनलमा पुग्यो । अब पुलिसले उपाधिका लागि आगामी वैशाख १९ गते न्यु डायमण्ड स्पोट्र्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसअघि नै यी दुईबीच लिगको अन्तिम खेलमा बिहीवार नै प्रतिष्पर्धा हुनेछ । यो खेलको विजेता अपराजित रहँदै उपाधि भिडन्तका लागि पुग्नेछ । न्यु डायमण्ड भने मंगलबार नै चार खेलसम्म अपराजित रहँदै फाइनलमा पुगेको हो । कुल ६ क्लब सहभागी महिलातर्पm लिगको शीर्ष दुुई स्थानमा रहने टोली फाइनलमा पुग्ने प्रावधान छ ।

न्यु डायमण्ड र पुलिसले लिगको एक खेलअगावै शिर्ष दुई स्थान पक्का गरेका हुन् । एपिएफसँग जित्नैपर्ने खेलमा पुलिसको सुरुआत राम्रो हुन सकेन । पहिलो सेट पुलिसले २५–२१ ले गुमायो । तर दोस्रो सेट पुलिसले २५–१९ ले आफ्नो बनाउँदै पुनरागमनको संकेत गर्‍यो ।

तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो । तर यो सेट पुलिसले नै २९–२७ ले बाजी मार्‍यो । सेटमा २–१ ले पछि परे पनि एपिएफले हार मानेन् । चौथो सेटमा एपिएफले चुनौती दिए पनि पुलिसले २५–२१ ले आफ्नो बनाउँदै जित निकाल्यो । महिलातर्पm नै भएको खेलमा एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा जित निकाल्यो । एभरेस्टले लिगमा दोस्रोपल्ट विभागीय टोलीमाथि जित आत्मसात् गरेको थियो । यसअघि एभरेस्ट एपिएफलाई ३–१ ले पनि हराएको थियो । भारतीय खेलाडीको साथ पाएको एभरेस्टले आर्मीविरुद्ध पहिलो सेट गुमाए पनि सफलता पाएको हो ।

पहिलो सेटमा आर्मीले २५–२० ले आफ्नो पक्षमा राख्यो । यसपछि भने एभरेस्ट आर्मीमाथि हाबी भयो । एभरेस्टले दोस्रो सेट २५–१५, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा राख्यो । पुरुषतर्पm भने एपिएफले बुढानीलकण्ठ भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । एपिएफले बुढानीलकण्ठलाई २५–२३, २५–२२ र २५–२१ ले हराउन सफल भयो । शीर्ष दुईमा रहेर फाइनलमा पुग्ने दुई दाबेदारको भिडन्तमा हेल्प नेपाल स्पोटर््स क्लबले रुकुम पश्चिम भलिबल केन्द्रलाई ३–० को सोझो सेटमा हरायो ।

यससँगै हेल्प नेपाल पाँचौं खेलमा अपराजित रह्यो । रुकुम पश्चिमको भने पाँचौं खेलमा अपराजित यात्रामाथि पूर्णविराम लाग्यो । यो जितसँगै हेल्प नेपालले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पाँच खेलसम्म अपराजित नेपाल पुलिसको सम्भावना पनि बलियो छ । रुकुम पश्चिमले फाइनलमा पुग्न भने बाँकी दुई खेलमा जित निकाल्नु पर्ने हुन्छ । हेल्प नेपालले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले हरायो।–न्युज एजेन्सी नेपाल