१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम



अ+ अ-

काठमाडौं। किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ।

यस उपलब्धिसँगै अस्पतालले नेपालमै अंग प्रत्यारोपण सेवामा उच्चतम सफलता दर कायम गर्न सफल भएको छ। किष्ट टिचिङ हस्पिटलले सन् २००६ देखि निरन्तर रुपमा बहुविशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।

अस्पतालले अंग प्रत्यारोपण क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै कलेजो मात्र नभई मिर्गौला ट्रान्सप्लान्ट सेवा समेत सफलतापूर्वक सञ्चालन गर्दै आएको छ। हालसम्म १९८ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक भइसकेका छन्।

यस पटकको प्रत्यारोपण विशेष भावनात्मक रूपमा महत्वपूर्ण रह्यो, जहाँ छोरीले आफ्नो बुबालाई मिर्गौला दान गर्दै जीवनदान दिने अनुपम उदाहरण प्रस्तुत गरिन्। यो घटना केवल चिकित्सा सफलता मात्र नभई मानवता, माया र पारिवारिक बन्धनको गहिरो प्रतीक बनेको छ।

किष्ट ग्यास्ट्रो सेन्टर, अत्याधुनिक उपकरण, अनुभवी सर्जनहरू तथा समर्पित मेडिकल टिमको साथमा, अंग प्रत्यारोपण क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गर्दै आएको छ। अस्पतालले जटिल शल्यक्रियाहरूलाई सफलतापूर्वक सम्पन्न गर्दै बिरामीहरूको जीवनमा नयाँ आशा जगाउँदै आएको छ।

अस्पताल प्रशासनका अनुसार, निरन्तर सुधार, प्रविधिको प्रयोग, र अनुभवी विशेषज्ञहरूको टिमवर्कका कारण किष्ट टिचिङ हस्पिटलले नेपालमै अंग प्रत्यारोपण सेवामा एक अग्रणी संस्थाको पहिचान स्थापित गर्न सफल भएको छ। यो उपलब्धि सम्पूर्ण मेडिकल टिम, बिरामी तथा दाताहरूको विश्वास र समर्पणको परिणाम हो, जसले भविष्यमा अझ धेरै जीवन बचाउने प्रेरणा दिएको छ।

किष्ट टिचिङ हस्पिटल / किष्ट ग्यास्ट्रो सेन्टर

अंग प्रत्यारोपण सेवामा अग्रणी, नेपालमा स्वास्थ्य सेवाको नयाँ मानक स्थापित गर्दै।