१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने नातेदार भेटियो, परीक्षण हुँदै

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने नातेदार भेटियो, परीक्षण हुँदै
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ ।
नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयां प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ ।

स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्षमुनिकी हुन् । उनीहरूको प्रधानमन्त्री ओलीसँग घनिष्ठ पारिवारिक नाता छ । उनीहरूको व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै परिचय भने खुलाइएको छैन । उनीहरू दुवैको रगत, पिसाब, मिर्गौलाको सीटी एन्जियो, डीटीपीए स्क्यान, ईसीजी, ईको, अल्ट्रासाउन्डलगायत परीक्षण साताअघि नै एक सरकारी अस्पतालमा भइसकेको छ ।

उनीहरूको ‘टेस्ट रिपोर्ट’ को विवरण उल्लेख गर्नुपर्ने स्थानमा ‘सम्भावित मिर्गौला दाता’ लेखिएको छ । प्रत्यारोपणबारे जानकार विज्ञका अनुसार मुलुकमा सुरुमा विस्तृत स्वास्थ्य परीक्षण गरेर मिर्गौला दिन मिल्ने यकिन भइसकेपछि मात्र अन्तिममा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ गरिन्छ । ‘एचएलए टाइपिङ’ मिलेमा र ‘क्रसम्याच नेगेटिभ’ भएमा मात्र प्रत्यारोपण गरिनेछ । ‘एचएलए’ नमिलेमा वा ‘क्रसम्याच पोजेटिभ’ भएमा अर्को सम्भावित दाता खोज्नुपर्ने हुन्छ ।

विकसित मुलुकमा भने सुरुमा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ रिपोर्ट हेरेर मिर्गौला दिन मिल्ने यकिन भएमात्र अरू परीक्षण गरिन्छ । ‘यी दुवै परीक्षण अत्यन्तै महँगो हुन्छ,’ एक मिर्गौला रोग विशेषज्ञले भने, ‘सबै परीक्षण सकाएर प्रत्यारोपणमा नगए दुई सातापछि क्रसम्याच दोहोर्याउनुपर्ने भएकाले नेपालमा भने अन्तिममा मात्र गरिन्छ ।’ तर पनि दोस्रोपटक प्रत्यारोपणका लागि तयार पारिएका सम्भावित दाताको पहिला ‘क्रसम्याच’ सकेर मात्र अन्य परीक्षण गर्नु बढी सहज हुने उनको सुझाव छ ।

‘एचएलए म्याच नभए पनि क्रसम्याच नेगेटिभ भए निसंकोच प्रत्यारोपणमा जान सकिन्छ,’ उनले भने, ‘नेपालमा भने एचएलए म्याच पोजिटिभ र क्रसम्याच नेगेटिभ भए मात्र त्यसलाई प्राथमिकता दिइन्छ । एचएलए म्याच नभएका खण्डमा सकेसम्म प्रत्यारोपण गरिन्न ।’ प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका दुई महिलाको सुरुमा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ गरियो गरिएन भन्नेबारे आफू जानकार नरहेको स्रोतले बतायो ।

‘प्रधानमन्त्रीको दोस्रो प्रत्यारोपणका लागि सम्भावित दाताको स्वास्थ्य परीक्षण भइरहेको हुँदा उहाँहरूको एचएलए नभए पनि क्रसम्याच परीक्षण भइसक्यो होला भन्ने मेरो अनुमान छ,’ स्रोतले भन्यो, ‘सम्भावित दाता भनेर सबै परीक्षण गरेर क्रसम्याच नै भएन भने फेरि अर्को खोज्नुपर्ने हुन्छ । त्यसैले पहिला क्रसम्याच गराएर मात्र अरू परीक्षण गरेको हुनुपर्छ भन्ने मलाई लागेको छ । त्यो नै सुरक्षित तरिका हो ।’ प्रधानमन्त्री ओलीको प्रत्यारोपण कहाँ गराउने भन्ने यकिन भइसकेको छैन । विगतमा जटिल समस्या हुँदा सबै उपचार विदेशमै गरेका कारण दोस्रो प्रत्यारोपण पनि विदेशमै गर्ने सम्भावना थियो ।

त्यसका लागि सिंगापुर, अमेरिका थाइल्यान्डलगायतका विकल्पहरू प्रधानमन्त्री निकटहरूले अघि सारेका थिए । नेपालमै पनि प्रत्यारोपण सफलताको दर उच्च छ । प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस र पेरिटोनाइटिसको समस्याका कारण आकस्मिक रूपमा ल्यापरोटोमी नै गर्नुपरेपछि तत्काल प्रत्यारोपणका लागि भने प्रतिकूल अवस्था आइपरेको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री शल्यक्रिया र पेटको संक्रमणबाट सामान्य अवस्थामा आएपछि मात्र प्रत्यारोपणबारे सोच्न सकिनेछ ।

एक शल्यचिकित्सकका अनुसार सामान्यतः यस प्रकारको ठूलो शल्यक्रियापछि अत्यन्तै आवश्यक परे छ सातापछि, नभए तीन महिनापछि मात्र अर्को शल्यक्रिया गर्न सकिन्छ । ‘अहिलेलाई प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर हेमोडायलसिस नै उत्तम विकल्प हो,’ ती चिकित्सकले भने, ‘यो समस्या समाधान भएपछि उहाँको त्यति बेलासम्मको रिकभरी हरेर मात्र मिर्गौला प्रत्यारोपण गर्न हुने नहुने भन्न सकिन्छ ।’ कान्तिपुर दैनिकबाट