१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारको निर्णय: १९ वटा पहाडी जिल्लाका सिडिओमा सहसचिवलाई खटाईने

सरकारको निर्णय: १९ वटा पहाडी जिल्लाका सिडिओमा सहसचिवलाई खटाईने
अ अ+ अ-

काठमाडौं । सरकारले १९ वटा पहाडी जिल्लाका सिडिओमा सहसचिवलाई खटाउने निर्णय गरेको छ । ३ मंसिरको मन्त्रिपरिषद् बैठकले सहसचिवलाई खटाउने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो । धेरै जनसंख्या भएका जिल्लामा सुरक्षा चुनौतीका आधारमा सहसचिवलाई सिडिओका रूपमा खटाउन लागिएको हो । हाल ती जिल्लामा उपसचिव सिडिओमा कार्यरत छन् ।

पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाघाँची, प्युठान, सल्यान, जुम्ला, डोल्पा, बैतडी, दैलेख, अछाम र डडेल्धुरामा सहसचिवलाई सिडिओ खटाउने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । हाल ४२ वटा जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ । दरबन्दी थपिएको पत्र मन्त्रालय आइनसकेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।

पत्र आएलगत्तै ती जिल्लामा कामु दिएर भए पनि सहसचिव खटाउने उनको भनाइ छ । १० महिनाअघि नै गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव अघि बढाएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत यसमा सहमति जनाई प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । ती जिल्लामा डिएसपी खटिएकोमा एसपीसमेत खटाउने गृहको तयारी छ । त्यसबारे छलफल हुनै बाँकी रहेको सहसचिव शर्माले बताए ।

हाल दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख छन् । अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र ५९ जिल्लामा एसपीलाई खटाउन लागिएको छ । सहसचिव सिडिओ भएका सबै जिल्लामा एसएसपी र एसपी जिल्ला प्रहरी प्रमुखका रूपमा कार्यरत छन् । नयाँ पत्रिका दैनिकबाट