१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपाल–भारत पारवहन सन्धि: भारतको ‘इनल्यान्ड वाटरवेज’ मा नेपाली ध्वजावाहक पानीजहाज

नेपाल–भारत पारवहन सन्धि: भारतको  ‘इनल्यान्ड वाटरवेज’ मा नेपाली ध्वजावाहक पानीजहाज
अ अ+ अ-

काठमाडौँ । नेपालले आफ्नै ध्वजावाहक पानीजहाज चलाउने विषयमा प्राविधिक रूपमा सहमति जुटेको छ । राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरवलोकन बैठकले भारतले निर्माण गरेको ‘इनल्यान्ड वाटरवेज’मा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्न दिने विषयमा सहमति जुटाएको हो । योसँगै आफ्नै जलमार्ग सञ्चालन गर्ने सरकारको योजनाले पारवहन सन्धिको मस्यौदामा औपचारिक रूपमा प्रवेश पाएको छ । सहमतिमा नेपाली टोलीको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतीय टोलीको नेतृत्व गरेका वाणिज्य मन्त्रालयका सहसचिव भूपिन्दर सिंह भल्लाले हस्ताक्षर गरे ।

सहमतिअनुसार नेपालले भारतको वाराणसी, कालुघाट र साहेबगञ्जबाट कोलकातासम्म आफ्नै पानीजहाज सञ्चालन गर्न सक्नेछ । पानीजहाज सञ्चालनका प्राविधिक विषयमा पनि बैठकले सहमति जुटाएको छ । स्थल र रेलमार्गबाट भारतसँग नेपालको पारवहन हुँदै आएकोमा यो सहमतिले जलमार्गबाट व्यापार गर्नसक्ने नयाँ अवसर नेपालका लागि खुला भएको छ । नेपालले विशेष महìव दिएको भारतको आन्तरिक जलमार्ग उपयोगको विषयलाई मस्यौदामा समेट्न सक्नु बैठकको विशेष उपलब्धि रहेको ढकालले बताए।

“नेपाल र भारतबीच पारवहनका क्रममा देखिएका समस्या समाधानसहित नेपालको जलमार्ग सञ्चालनको बाटो बैठकले प्राविधिक रूपमा तय गरेको छ,” उनले भने । उनका अनुसार जलमार्गको ढुवानी प्रक्रिया र व्यवस्था, भन्सार सहजीकरणजस्ता विषय मस्यौदामा समेटिएको छ । नेपाल र भारतका प्रधानमन्त्रीस्तरबाटै यसअघि जलमार्ग सञ्चालनका लागि भएको निर्देशन पनि यो बैठकसँगै नीतिगत रूपमा समेटिएको छ । मङ्गलबारदेखि सुरु बैठकले जलमार्गबाहेक रेलमार्फत नेपाल भित्रिने बल्क कार्गोमा थप दुई सीमा पनि खुला गर्ने विषयको प्राविधिक काम टुङ्ग्याएको छ ।

वीरगञ्जबाट मात्रै बल्क कार्गो ढुवानी हुँदै आएकोमा अबदेखि विराटनगर र भैरहवाबाट पनि यस्तो कार्गो ल्याउनसक्ने सुविधा नेपालले पाएको छ । कोइला, मल, सिमेन्टजस्ता मालवस्तु बल्क कार्गोका रूपमा नेपाल भित्रिने गर्छन् । बैठकमा नेपालले भारतका धाम्रा र मुन्द्रा बन्दरगाह उपयोगका लागि गरेको प्रस्तावमा पनि छलफल भएको थियो । यस विषयमा भारतले दुवै बन्दरगाहसम्मको पहुँच दिनका लागि आन्तरिक छलफल गरिरहेको र छिट्टै सुझाव पठाउने विषयमा सहमति भएको ढकालले जानकारी दिए।

यसबाहेक तेस्रो मुलुकसँग भारतीय भूमि हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली लागू गरी ‘ट्रान्सिपमेन्ट’ प्रक्रिया लागू गर्न नेपालले प्रस्ताव गरेको लेटर अफ एक्सचेञ्जमा भारतीय पक्षले आन्तरिक छलफल गरेर आफ्नो धारणा पठाउने विषयमा पनि सहमति जुटेको उनले बताए ।

सन्धि स्वतः नवीकरण: यसअघि सन् २०१३ मा नवीकरण भएको नेपाल–भारत पारवहन सन्धि सन् २०२० जनवरी ५ देखि स्वतः नवीकरण हुने भएको छ । दुई देशबीचको पारवहन सन्धि स्वतः नवीकरण हुने व्यवस्था भए पनि त्यसअघिको अवधिमा पारवहनको क्षेत्रमा भएका समस्या समाधान, नयाँ विषय र लेटर अफ एक्सचेञ्जलाई समेट्ने उद्देश्यसहित बैठक आयोजना गरिएको हो । यस्तो बैठक यसअघि सन् १९९९ मा भएको थियो ।

२०७५ साल वैशाखमा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा पारवहन सन्धि पुनरवलोकन गर्ने विषयमा सहमति भएको थियो । सहमतिअनुसार तयार भएको प्राविधिक मस्यौदामा दुवै देशले आन्तरिक प्रक्रिया पूरा गरी अन्तिम रूप दिएर पारवहन सन्धि र त्यसको प्रोटोकलमा यथाशीघ्र हस्ताक्षर गर्ने भएका छन् । उक्त हस्ताक्षरपछि नै मस्यौदामा समेटिएका व्यवस्था कार्यान्वयनमा आउने छन् । गोरखापत्र दैनिकबाट