६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन, कुपोषण न्युनिकरण गर्ने लक्ष्य



अ+ अ-

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गरेको छ ।

मन्त्रालयकाअनुसार वैशाख १५ गतेदेखि देशभरमा ७ सय ५३ वटै स्थानिय तहमा ‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने नारासहित अभियान सञ्चालन गरिएको हो ।

वैशाख ३० गतेसम्म दुई साता सञ्चालन हुने अभियानमा बालबालिकाको पोषण अवस्था पहिचान गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । उनकाअनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान गरी कुपोषण भएका बालबालिकाको उपचार गरिनेछ ।

स्वास्थ्य संस्था, स्वास्थ्य केन्द्र, सामुदायिक भवन तथा वडा कार्यालयमार्फत बालबालिकाको पोषण अवस्था सम्बन्धी तथ्यांक संकलन गरिने उनले बताए । लेखाजोखा कार्यका लागि आधुनिक उपकरण डिजिटल तौल मेसिन, उचाइ र लम्बाई मापन बोर्ड तथा पाखुराको घेराइ नापेर कुपोषणको अवस्था पहिचान गर्ने टेप प्रयोग गरिनेछ ।

यस अभियानबाट प्राप्त हुने तथ्यांकले उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गर्न सहयोग गर्ने मन्त्रालयले जनाएको छ । संकलित तथ्यांकका आधारमा स्थानीय, जिल्ला र प्रदेश तहमा कुपोषणको अवस्था विश्लेषण गरिने र त्यसैअनुसार आगामी कार्यक्रम तथा बजेट निर्धारण गरिने मन्त्रालयको योजना छ ।

मन्त्रालयले लेखाजोखा पश्चात स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्ने जनाएको छ । अभियानले भविष्यमा कुपोषणका कारण बालबालिकामा देखिने शारीरिक कमजोरी, कम प्रतिरोधात्मक क्षमता र अन्य स्वास्थ्य समस्यालाई न्युनिकरण गर्ने लक्ष्य राखेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयले अभियानको संवेदनशीलता बुझेर अभिभावक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा नागरिकलाई सही तथ्यांक उपलब्ध गराउन र सक्रिय सहयोग गर्न आग्रह गरेको छ ।




भर्खरै