१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

देशका विभिन्न जिल्लामा तिब्र हावाहुरी र चट्याङको जोखिम, उच्च शतर्कता अपनाउन प्राधिकरणको आग्रह

देशका विभिन्न जिल्लामा तिब्र हावाहुरी र चट्याङको जोखिम, उच्च शतर्कता अपनाउन प्राधिकरणको आग्रह
अ अ+ अ-

 

काठमाडौं । देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा मौसमी मोडलिङका आधारमा प्राधिकरणले देशभर ‘अलर्ट’ जारी गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार आज विशेषगरी सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा, डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी तथा वागमती प्रदेशका नवलपुर र चितवन, मधेस प्रदेशका बारा, पर्सा, धनुषा तथा कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ।

उक्त मौसमी प्रणाली पश्चिमबाट सुरु भई क्रमशः पूर्वतर्फ सर्ने अनुमान गरिएको छ। यस क्रममा देशका तराई तथा मध्यपहाडी क्षेत्रका अधिकांश स्थान प्रभावित हुन सक्ने जनाइएको छ।

प्राधिकरणले हावाहुरी, मेघगर्जन र चट्याङ सुरु भएलगत्तै सुरक्षित स्थान वा घरभित्र बस्न र झ्यालढोका मजबुत रूपमा बन्द गर्न आग्रह गरेको छ। घरबाहिर वा खुला स्थानमा आगो बालिएको भए तत्काल निभाउन पनि अनुरोध गरिएको छ, किनभने तीव्र हावाहुरीले आगो फैलाएर बस्ती तथा वनजंगलमा डढेलो लाग्ने जोखिम बढाउन सक्छ।

त्यसैगरी, कमजोर संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा नजिक नबस्न र लत्रिएका तार नछुन पनि सचेत गराइएको छ। हावाहुरीका कारण घरका छाना वा अन्य सामग्री उड्न सक्ने भएकाले थप सतर्कता अपनाउन भनिएको छ।

यात्रामा रहेका व्यक्तिहरूलाई हावाहुरी सुरु हुनासाथ सुरक्षित स्थानमा सवारी साधन रोक्न तथा रुखमुनि पार्किङ नगर्न सुझाव दिइएको छ। रुख ढल्दा दुर्घटना हुन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।

हवाई उडानका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना मौसम निगरानी प्रणाली र टावरमार्फत समन्वय गरिरहेको जनाइएको छ। मौसम प्रतिकूल भए उडान मार्ग परिवर्तन वा डाइभर्ट गरिने बताइएको छ।

प्राधिकरणले विपद्को समयमा उद्धार तथा राहतका लागि सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति र स्वयंसेवकहरूलाई ‘हाई अलर्ट’मा राखिएको जनाएको छ। कुनै दुर्घटना भएमा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ र विपद् उद्धारको टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले मौसमसम्बन्धी अद्यावधिक जानकारी प्रत्येक दुई घण्टामा सार्वजनिक गर्ने जनाएको छ। स्थानीय तहसम्म विभिन्न भाषामा सूचना प्रवाह भइरहेकाले आधिकारिक स्रोतबाट नियमित जानकारी लिन पनि प्राधिकरणले आग्रह गरेको छ।