६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि
फाइल फोटो
अ+ अ-

दोधारा चाँदनी (कञ्चनपुर), १६ वैशाख ः गत वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा गहुँ उत्पादनमा वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गहुँ उत्पादनमा २.१ प्रतिशतले वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले यस वर्ष गत वर्षको तुलनामा गहुँको उत्पादकत्वमा वृद्धि भएको बताउनुभयो ।

“उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो”, साउदले भन्नुभयो।, “यस वर्ष गहुँको उत्पादकत्व वृद्धि भएर ३.४ प्रतिहेक्टर पुगेको छ ।”

उहाँका अनुसार यस वर्ष ३१ हजार २१० हेक्टर क्षेत्रफलमा एक लाख छ हजार ११४ मेट्रिक टन गहुँ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रले किसानलाई सिँचाइ सुविधा उपलब्ध नभएको स्थानमा अनुदानमा सिचाँइ सुविधा उपलब्ध गराउँदै आएको छ ।

“उन्नत बीउ, प्रविधिमा पहुँच र सिँचाइ क्षेत्र विस्तार भएका कारण गहुँको उत्पादकत्वमा वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “सहकारीमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत बीउ प्रदान गर्दै आएका छाँै ।” त्यसैगरी गहुँखेतीको समयमा किसानले समयमै रासायनिक मल उपलब्धताले पनि उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ ।

पछिल्ला वर्षहरूमा गहुँखेती हुने क्षेत्रफल विस्तार नभए पनि उत्पादकत्वमा वृद्धि हँुदै आएको छ । कञ्चनपुरमा एक लाख ६१ हजार ७४१ हेक्टर कुल खेतीयोग्य जमिन रहेको छ । जसमध्ये ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको छ । हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । रासस