६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन

निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन
अ+ अ-

झापा। जिल्लाका अधिकांश निजी फर्महरूले रासायनिक मल बिक्रीसम्बन्धी अभिलेख नराखेको पाइएको छ ।

कृषि ज्ञान केन्द्र झापाको अगुवाइमा मङ्गलबार गरिएको अनुगमनमा यस्तो समस्या देखिएपछि सम्बन्धित फर्महरूलाई मापदण्डअनुसार विवरण राख्न र प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल जारी गर्न निर्देशन दिइएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भद्रपुर र बिर्तामोड नगरपालिका तथा हल्दीबारी र बाह्रदशी गाउँपालिकामा बिक्रीवितरणका लागि अनुमति लिएका सहकारी तथा निजी फर्महरूको संयुक्त अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा सहकारी संस्थाहरूले बिक्री विवरणसम्बन्धी बिल तथा प्रतिवेदन व्यवस्थित रूपमा राख्ने गरेको पाइए पनि अधिकांश निजी फर्महरूले त्यस्तो अभिलेख नराखेको भेटिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले किसानलाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको युरिया, डिएपी र पोटासलगायतका रासायनिक मल स्थानीय तहले निर्धारण गरेको मूल्यमा बिक्री भइरहेको छ वा छैन भन्ने विषयमा विशेष निगरानी गरिएको थियो । साथै किसानलाई मल बिक्री गर्दा अनिवार्य रूपमा बिल जारी गरिएको छ वा छैन भन्ने पक्ष पनि अनुगमनको मुख्य आधार बनाइएको केन्द्रका प्रमुख विष्टले बताउनुभयो ।

स्थानीय तहको सिफारिसमा छनोट भएका डिलरमार्फत कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले किसानलाई सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।

अनुगमनमा ती दुवै कम्पनीका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा नेपाल प्रहरीका प्रतिनिधि सहभागी थिए । संयुक्त टोलीले चार स्थानीय तहअन्तर्गत ११ बिक्री केन्द्रको स्थलगत निरीक्षण गरेको हो ।

केन्द्रका अनुसार आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने र मापदण्डविपरीत काम गर्ने विक्रेतामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ । साथै किसानलाई सहज, पारदर्शी र प्रभावकारी रूपमा मल उपलब्ध गराउने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग समन्वय सुदृढ गरिने जनाइएको छ । रासस