४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

शासनका लागि अध्यादेशको ओत लिदै सरकार , रविको पुरानो स्टाटस माथी प्रश्न

शासनका लागि अध्यादेशको ओत लिदै सरकार , रविको पुरानो स्टाटस माथी प्रश्न
अ+ अ-

काठमाडौँ । सरकारले संवैधानिक परिषद्को (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०६६ लाई संशोधन गर्दै अध्यक्षसहित तीन सदस्यबाटै निर्णय गर्न सकिने व्यवस्था राखेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेतासहित ६ सदस्य हुन्छन् ।

अध्यादेशमा अध्यक्षसहित चार जना भए गणपूरक मानिने र त्यसको बहुमत अर्थात् तीन जनाबाटै निर्णय गर्न सकिने प्रावधान समेटिएको शीतल निवासका एक अधिकारी एक अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी पदाधिकारी सिफारिस भएको ४५ दिन नाघेमा संसदीय सुनुवाइ गर्न नपर्ने संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीको व्यवस्था पनि प्रस्तावित अध्यादेशबाट संशोधन गरिएको छ ।

अहिले संवैधानिक परिषदमा प्रधानमन्त्री वालेन शाह , प्रधानन्यायाधीश ,सभामुख डोलप्रसाद अर्याल ,राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल , प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदाम्बे ,उपसभामुख रुवी कुमारी रहनु भएको छ ।

जसमा प्रधानमन्त्री शाह , सभामुख अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय सभाका अध्यक्ष दाहाल माओवादी ,प्रमुख विपक्षी दलका नेता आङदाम्बे नेपाली कांग्रेस र उपसभामुख रुवी कुमारी श्रम संस्कृति पार्टीबाट प्रतिनिधित्व गर्नुभएको छ ।

यसैबिच संसद बैठक रोकेर अध्यायदेश ल्याउन खोजेको भन्दै बिरोध भएको छ । रास्वपा सभापति रवि लामिछानेले अघिल्ला सरकारले अध्यादेश ल्याउदा बिरोध जनाउदै लेखेको स्टाटस सहित रास्वपा माथी प्रश्न उठाएका छन् ।

लामिछानेले त्यस बेला लेख्नु भएको थियो ‘हिजो ओलीले अध्यादेश ल्याउँदा विरोध गर्नेहरूले नै आज एकजुट भएर अध्यादेश ल्याउनु लाजमर्दो र अलोकतान्त्रिक कदम हो । संसद् छलेर फोहोरभन्दा फोहोर ढंगले (२० प्रतिशत संख्याले) दल विभाजन गर्न मिल्ने अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको छ ! उफ्फ!!, उस्तै नियत तर फरक अनुहारहरू पालैपालो सिंहदरबार पस्दा र निस्कँदा भए ।’

उहाँको अर्को स्टाटस थियो ‘अब नयाँ संसद्‌को बैठक बस्न कति समय लाग्ला र? १ हप्ता र? २ हप्ता र? ३ हप्ता ? त्यस्तो के आपतकाल लागेको थियो र १-२ हप्ता पनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ, नयाँ संसद्‌को अधिकार मिच्ने प्रयास भएको छ । यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ ।’

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले अध्यादेश अध्ययनका क्रममा भएको न्युजपोलारलाई जानकारी दिनुभयो । अध्यादेशका बिषयमा सरकार र रास्वपाले भने कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।