१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर जुटमिलको अनधिकृत बस्ती हटाइने



अ+ अ-

मोरङ। विराटनगर जुट मिलको जग्गा ओगटेर अनधिकृत रूपमा बसोबास गरिरहेकालाई आगामी एक साताभित्रमा हटाइने भएको छ ।

जुटमिलको हडताली हाट क्षेत्र, दक्षिण गेट, हरिनगरा भट्टा क्षेत्रमा अनधिकृत रूपमा बसोबास गरिरहेका परिवारलाई हटाइने भएको विराटनगर जुटमिल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।

जुटमिलको करिब १४ बिगाहा क्षेत्रफलमा अतिक्रमण गरी करिब छ सय घरपरिवार बसोबास गरिरहेका छन् । यसैगरी, जुटमिलको सडक किनारा क्षेत्रमा भाडा नतिरी विगतदेखि पसल व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई समेत हटाइने भएको छ ।

सडक किनारा क्षेत्रमा भाडा नतिरी करिब ३० वटा पसल व्यवसाय सञ्चालनमा रहेको बताइएको छ । सङ्घीय सरकारको निर्णयानुसार आगामी एक साताभित्रमा अनधिकृत रूपमा बसोबास गरिरहेका परिवारहरू र भाडा नतिरी पसल व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई हटाउने प्रक्रिया अघि बढिसकेको उहाँले बताउनुभयो ।

भाडा तिरेर पसल व्यवसाय गरिरहेकाहरूलाई वैकल्पिक व्यवस्था गरिने र नतिर्नेहरूलाई प्रशासनको सहयोग लिएर असुल गरिने उहाँले बताउनुभयो । मिलको अतिक्रमित जग्गामा केही व्यक्तिहरू मिलेर गार्मेन्ट उद्योग समेत सञ्चालन गरिरहेका छन् ।

जुटमिलमा कार्यरत कर्मचारीका लागि बनाइएको आवासहरू अवकाश पछि पनि नछाड्ने र धेरै बाहिरी व्यक्तिले अतिक्रमित गरेर बसोबास गरिरहेको प्रशासन प्रमुख श्याम लामाले जानकारी दिनुभयो ।

विराटनगर जुटमिल १९९३ सालमा स्थापित नेपालको पहिलो उद्योग हो । पछिल्लो पटक २०७० सालदेखि यो बन्द छ । संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी हुनाका साथ लामो समयदेखि प्रयोगविहीन हुँदा मेसिनहरू खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ । रासस