१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक

जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
अ अ+ अ-

काठमाडौं । अन्तरराष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले नौबुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै श्रमिकको हकहितका पक्षमा विभिन्न शीर्षकमा घोषणापत्र सार्वजनिक गरेको हो । जसअन्तर्गत सम्मानजनक पारिश्रमिक, सर्वकालीन सामाजिक सुरक्षा, पारिश्रमिकसहित इन्टर्नसिप र तालिम, सीप क्रान्ति, श्रमिक उद्योग सहकार्य, महिला श्रमिक सशक्तिकरण, आप्रवासी श्रमिक संरक्षणलगायत पक्षमा श्रमिकको अधिकार सुनिश्चित गर्ने कार्ययोजना जिफन्टले घोषणापत्रमा उल्लेख गरेको छ ।

ट्रेड युनियन आन्दोलनलाई गति दिन जिफन्टले उत्पादक, शक्तिको विकास, प्रविधिमैत्री श्रमिक आन्दोलन, राष्ट्रिय समृद्धि र श्रमिक हित सहितको एकतालाई वैचारिक आधारका रुपमा लिएको जनाएको छ ।

त्यस्तै, जिफन्टले नेपाल ट्रेड युनियन आन्दोलनले वर्तमान अवस्थामा सामना गर्नुपर्ने चुनौतीमध्ये, स्वचालन र कृत्रिम बुद्धिमत्ता (एआई), बसाइँसराइ, बढ्दो महँगी र ज्याला स्थिरता, ट्रेड युनियन सान्दर्भिकताको अध्ययन र विश्लेषण गर्नुपर्ने बताएको छ ।

पत्रकार सम्मेनलमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मे दिवसका सन्दर्भमा नयाँ आयामका साथ श्रमिकको पक्षमा अभियान सुरु गरिने जानकारी दिए । उनका अनुसार श्रमिकको हकअधिकारका बारे सुचना लेखिएको करिब १५ लाख पर्चा घरदैलोमा पुर्याउनाका साथै मे दिवसको दिन मे १ तारिखमा काठमाडौँमा बृहत् र्याली गरिने समेत बताए  ।

“श्रमिकको पारिश्रमिकसँगै उहाँहरुको अधिकारको कार्यान्वयन पक्ष के कति छ भनेर बहस गर्ने बेला आएको छ,” उनले भने , “हामीले नयाँ शैलीबाट युवा पुस्तालाई समेट्दै श्रमिक आवाज बलियो बनाउने तयारीमा छौँ ।”