१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भयो । उनको माछा मार्ने पुर्ख्यौली पेसा अहिले सङ्कटमा परेको छ ।

पछिल्लो समय अव्यवस्थित क्रसर उद्योग, विषादी, विस्फोटक पदार्थको प्रयोग बढेसँगै नदीमा पर्याप्त मात्रामा माछा पाइनै छाडेपछि उहाँको पेसा सङ्कटमा परेको हो ।

भिमटारकै पदमबहादुर माझीले आठ वर्षको उमेरदेखि माछा मार्दै आउनुभएको हो । त्यति बेला जता जाल हान्यो उतै माछा पर्ने गरेको अझै बिर्सिएको छैन । तर हिजोआज दिनभर जाल घिसार्दा पनि आधा पाउ माछा नभेटिने उनको अनुभव छ ।

इन्द्रावती नदीमा माछा मारेरै जीविका चलाइरहनुभएका नवराज माझीले माछा पाइन छाडेपनि नदी धाउन छाड्नुभएको छैन । तर विस्तारै नदी धाउने काम उपलब्धीमूलक हुन छाडेको छ । दोलालघाटदेखि मेलम्चीसम्म २४ भन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् ।

क्रसरले दैनिक गिट्टी, बालुवा उत्खनन गर्दा खोलाको धार नै परिवर्तन भइरहेको छ । पहिले खोलामा लेउ, झ्याउ हुन्थ्यो, माछाले त्यही खाएर बाँच्थ्यो । अब क्रसरले ती ठाउँ नै मासिदिएकाले माछा पाउन छाडेको अनुभव माझी समुदायलाई छ ।

वातावरण विभागले विगतमा गरेको एक अध्ययनले पनि मध्यम तथा साना खोलामा माछाको प्रजनन दरमा ३० प्रतिशतले कमी आएको देखाएको छ । माछा मारेर जीविका चलाउने भिमटारका चार परिवार गाउँ छाडेर गइसकेका छन् ।

चौबीसै घण्टा चल्ने क्रसरको आवाजले माझी समुदायको जिन्दगी नै इन्द्रावतीको पानीझैँ धमिलो बनाइरहेको छ । पहिले उनीहरूले बनाएका डुङ्गा, खोगा, ढडिया अहिले थन्किएको स्थानीय साइली माझी बताउँछन् ।

यसले उनीहरुको जीविका मात्र होइन परम्परागत पेसा, नदी संस्कृति र माझी समुदायको पुख्र्यौली पेसा नै सङ्कटमा परेको हो । सङ्घीय र स्थानीय सरकारले विकास र आन्तरिक आम्दानीका नाममा वातावरणीय सन्तुलनलाई बिर्सिएको माझी समुदायको गुनासो छ ।