७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भयो । उनको माछा मार्ने पुर्ख्यौली पेसा अहिले सङ्कटमा परेको छ ।

पछिल्लो समय अव्यवस्थित क्रसर उद्योग, विषादी, विस्फोटक पदार्थको प्रयोग बढेसँगै नदीमा पर्याप्त मात्रामा माछा पाइनै छाडेपछि उहाँको पेसा सङ्कटमा परेको हो ।

भिमटारकै पदमबहादुर माझीले आठ वर्षको उमेरदेखि माछा मार्दै आउनुभएको हो । त्यति बेला जता जाल हान्यो उतै माछा पर्ने गरेको अझै बिर्सिएको छैन । तर हिजोआज दिनभर जाल घिसार्दा पनि आधा पाउ माछा नभेटिने उनको अनुभव छ ।

इन्द्रावती नदीमा माछा मारेरै जीविका चलाइरहनुभएका नवराज माझीले माछा पाइन छाडेपनि नदी धाउन छाड्नुभएको छैन । तर विस्तारै नदी धाउने काम उपलब्धीमूलक हुन छाडेको छ । दोलालघाटदेखि मेलम्चीसम्म २४ भन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् ।

क्रसरले दैनिक गिट्टी, बालुवा उत्खनन गर्दा खोलाको धार नै परिवर्तन भइरहेको छ । पहिले खोलामा लेउ, झ्याउ हुन्थ्यो, माछाले त्यही खाएर बाँच्थ्यो । अब क्रसरले ती ठाउँ नै मासिदिएकाले माछा पाउन छाडेको अनुभव माझी समुदायलाई छ ।

वातावरण विभागले विगतमा गरेको एक अध्ययनले पनि मध्यम तथा साना खोलामा माछाको प्रजनन दरमा ३० प्रतिशतले कमी आएको देखाएको छ । माछा मारेर जीविका चलाउने भिमटारका चार परिवार गाउँ छाडेर गइसकेका छन् ।

चौबीसै घण्टा चल्ने क्रसरको आवाजले माझी समुदायको जिन्दगी नै इन्द्रावतीको पानीझैँ धमिलो बनाइरहेको छ । पहिले उनीहरूले बनाएका डुङ्गा, खोगा, ढडिया अहिले थन्किएको स्थानीय साइली माझी बताउँछन् ।

यसले उनीहरुको जीविका मात्र होइन परम्परागत पेसा, नदी संस्कृति र माझी समुदायको पुख्र्यौली पेसा नै सङ्कटमा परेको हो । सङ्घीय र स्थानीय सरकारले विकास र आन्तरिक आम्दानीका नाममा वातावरणीय सन्तुलनलाई बिर्सिएको माझी समुदायको गुनासो छ ।