२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने प्रक्षेपण
अ अ+ अ-

आर्थिक वर्ष २०८२/०८३ मा नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । कार्यालयकाअनुसार चालु आवमा देशको अर्थतन्त्रको आकार ६६ खर्बको हुने प्रक्षेपण रहेको प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले सोमवार नेपालको वर्तमान आर्थिक स्थितिपत्रमार्फत आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धि ३.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको थियो ।

प्रमुख तथ्यांक अधिकारी पोखरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि औद्योगिक वर्गीकरणअनुसार विभिन्न क्षेत्रहरूको कुल मूल्य अभिवृद्धिमा योगदान र वृद्धिदर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको विवरणअनुसार कृषि, वन तथा मत्स्य क्षेत्रले सबैभन्दा बढी २४.०३ प्रतिशत योगदान दिएको छ । यसको वृद्धि दर भने १.५८ प्रतिशत रहेको छ ।

थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाले १४.०९ प्रतिशत योगदान दिएको छ । यसको वृद्धि दर ४.५१ प्रतिशत रहेको छ । केन्द्रिय तथ्याङक कार्यालयका अनुसार  यातायात तथा भण्डारण क्षेत्रको योगदान ७.२३ प्रतिशत रहेको छ भने उद्योग क्षेत्रको योगदान ५.७२ प्रतिशत रहेको छ । घर, जग्गा कारोबार सेवाले ८.०७ प्रतिशत योगदान दिएको छ ।

सूचना तथा सञ्चार क्षेत्रको योगदान १.९३ प्रतिशत, वित्तीय तथा बीमासम्बन्धी ६.७२, शिक्षा क्षेत्रले ९.२२ प्रतिशत योगदान पु¥याएका छन् । मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रमा १.८७ प्रतिशत योगदान दिएको छ ।

प्रमुख तथ्यांक अधिकारी पोख्रेलले भन्नुभयो– ‘अब जहाँसम्म हाम्रो यो आकारको कुरा आयो, समग्र राष्ट्रिय अर्थतन्त्रको आकार चाहीँ ६६ खर्ब पुगेको छ । गत वर्षभन्दा ४ खर्ब बढेको छ । जीडीपी वृद्धिदर ३.८५ प्रतिशत हुनेछ । हामीले डेटाबेस विधि प्रयोग गरेर गरेका छौँं ।  हाम्रो प्रक्षेपणको विश्वनियता र आधिकारिकता सन्तोष लिने ठाउँमा छ । खास गरेर नेपालको हकमा यो डेटा टु डिसिजन अथवा डेटा टु पोलिसीमा हामीले जोड दिन खोजिरहेका छौँ । पोलिसीको लागि पनि डेटा युज होस् र डिसिजन मेकिङमा पनि डेटा युज होस् र सम्बन्धित सेक्टरहरूले आफ्नो पर्फमेन्स बढाउनको लागि यसको चाहीँ प्रयोग गर्नुहोस भन्ने हाम्रो अपेक्षा, स्वभाविक अपेक्षा पनि हो ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले  गत आर्थिक वर्ष ४ दशमलव ४३ प्रतिशतको आर्थिक वृद्धि हुँदा यो वर्ष पनि ३.८५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान राम्रो भएको बताउनु भयो । उहाँकाअनुसार सुरुमै मौसम प्रतिकूलताले यो आर्थिक वर्षमा चुनौती दिएको थियो ।

उहाँले जेन–जी आन्दोलनले पनि चुनौती थपिदिएको बताउनु भयो ।

कार्यकारी निर्देशक खरेलले भन्नुभयो–‘भदौमा जेन–जी आन्दोलन भयो, तर आन्दोलन त दुई दिन मात्रै भएको हो । क्षति अब आकलन भइसकेको छ, कति ८४ अर्बको क्षति भएको हो । त्यसले  अर्थतन्त्रमा जीडीपी ग्रोथमा ठूलो असर नपर्नुपर्ने हो । शान्ति सुरक्षा कायम हुन्छ कि हुँदैन भन्नेमा केही लामो समयसम्म व्यावसायिक वातावरण बन्न सकेन । त्यसपछि चुनाव हुन्छ कि हुन्न भन्नेमा पनि धेरै मान्छेहरूले विश्वास गरिरहेका थिएनन । यो ३.८५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुनको लागि अन्तरिम सरकारको राम्रो मेहनत छ । तत्कालीन अर्थमन्त्रीले तत्काल क्षतिको पुनर्निर्माणको लागि नेपाल राष्ट्र बैंक सहित व्यावसायिक वातावरणलाई सुधार गर्न, व्यावसायिक निरन्तरताको लागि विभिन्न खालका कार्यक्रमहरू, सहुलियत र अनुदानका व्यवस्थाहरू, ट्याक्स लगायतका कुराहरूमा काम गरे । विद्युत उत्पादनका कुराहरू आफ्नो गतिमै अगाडि बढिरह्यो । वाह्य पर्यटन त खासै पहिलाकै अवस्थामा फर्किसकेको थियो, त्यसले गर्दा पर्यटन क्षेत्र पनि राम्रो भयो ।’

उहाँले अन्तरिम सरकारका प्रयासहरू आर्थिक गतिविधि सुधारतर्फ केन्द्रित रहेको र तत्कालीन अर्थमन्त्रीले पुनर्निर्माण, व्यवसाय निरन्तरता र लगानी प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू ल्याएका कारण आर्थिक वृद्धिमा सकारात्मक असर परेको बताउनु भयो ।  नेपाल राष्ट्र बैंक सँगको सहकार्यमा तत्कालिन सरकारले सहुलियत कर्जा, अनुदान, कर सहजीकरण लगायतका नीतिहरू लागू गरेकाले त्यसको असर सकारात्मक परेको उहाँले बताउनु भयो ।–