१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

विलासिताका वस्तु तथा सेवामा लाग्दै आएको उच्च करदर घटाउनुपर्छ: उपाध्यक्ष मल्होत्रा

विलासिताका वस्तु तथा सेवामा लाग्दै आएको उच्च करदर घटाउनुपर्छ: उपाध्यक्ष मल्होत्रा
अ अ+ अ-

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तु तथा सेवामा लाग्दै आएको उच्च करदर घटाउन सरकारसँग माग गरेका छन् ।

‘अर्थको अर्थ’द्वारा आयोजित आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले हालको कर संरचना अत्यधिक रहेको बताउँदै त्यसलाई पुनरावलोकन गर्न आवश्यक रहेको औल्याए । करदर घटाउँदा राजस्व वृद्धि हुनुका साथै अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन सहयोग पुग्ने उनको भनाइ छ।

उपाध्यक्ष मल्होत्राले हालै गठन भएको सरकारले महत्वाकांक्षी आर्थिक योजना अघि सारेको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको बताए।
“सरकारले ७ वर्षभित्र अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्‍याउने र प्रतिव्यक्ति आय ३ हजार डलर बनाउने लक्ष्य लिएको छ, यो सम्भव छ,” उनले भने, “तर त्यसका लागि निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्छ।”

उनले बजेटको आकार हरेक वर्ष बढ्दै गए पनि लक्ष्यअनुसार राजस्व संकलन र खर्च कार्यान्वयन हुन नसकेको उल्लेख गरे। “हरेक वर्ष बजेट आउँछ तर न राजस्व लक्ष्यअनुसार उठ्छ, न खर्च नै पूरा हुन्छ। केही महिनामै पुनरावलोकन गरेर घटाउने क्रम चलिरहेको छ,” उनले भने।

आगामी बजेट यथार्थपरक हुनुपर्नेमा जोड दिँदै मल्होत्राले सरकार र निजी क्षेत्रबीच समन्वय भए मात्रै घोषित लक्ष्य हासिल गर्न सकिने धारणा राखे।