१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज



अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर हुने कानुनी व्यवस्था खारेज हुने फैसला गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले आज उक्त फैसला गरेको हो ।

“अदालतले मुलुकी देवानी संहिता ऐन, २०७४ मा रहेको कुष्ठरोगसम्बन्धी व्यवस्था अदालतले खारेज गरेको हो”, सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भन्नुभयो, “कुष्ठरोग पहिले निको नहुने र घातक रोगको रूपमा रहे पनि  अहिले उपचारपछि निको भएर मानिस सामान्य अवस्थामा फर्किन सक्छ भन्ने दृष्टिकोणका साथ उक्त कानुनी व्यवस्था खारेज हुने निर्णय भएको हो ।”

अधिवक्ता प्रल्हाद महतलगायतले  कुष्ठरोग निको हुने र मानिस सामान्य अवस्थामा फर्किन सक्ने उल्लेख गर्दै कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर हुने कानुनी व्यवस्था खारेज माग गरिएको थियोे । रासस