३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२६ मा अफगानिस्तानको आर्थिक वृद्धि चार प्रतिशतले बढ्ने विश्व बैङ्कको प्रक्षेपण



अ+ अ-

काबुल। “अफगानिस्तानको अर्थतन्त्र सन् २०२६ मा करीव चार प्रतिशतले वृद्धि हुने अनुमान गरिएको टोलो न्यूजले विश्व बैङ्कको एक विज्ञप्तिलाई उद्धृत गरी सोमबार जानकारी गराएको छ ।

बलियो घरेलु माग, बढ्दो निजी लगानी र श्रम बजारमा फर्कने आप्रवासीहरूको सुधारिएको एकीकरणको समर्थनले अफगानिस्तानको आर्थिक वृद्धिमा सकारात्मक भूमिका खेलेको छ ।

प्रतिवेदनमा भनिएको छ, “इरानमार्फत हुने कारोबारले आर्थिक गतिविधिलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको र व्यापार मार्गहरूको विविधीकरणको प्रयासले अधिक स्थिर वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सन् २०२५ मा अफगानिस्तानको अर्थतन्त्र अनुमानित ४.८ प्रतिशतले विस्तार भएको पनि प्रतिवेदनमा उल्लेख छ । उच्च खपत र गैर–कृषि क्षेत्रहरूमा क्रमिक सुधारको कारण अफगानिस्तानमा निरन्तर चुनौतीहरूको बाबजुद सामान्य आर्थिक सुधारको सङ्केत देखिएको छ । (रासस:एएफपी)