१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रधानमन्त्री ओली सरकार चलाउने ‘प्रचण्ड’ पार्टि चलाउने, अब ओलीको शक्ति पार्टिमा कति ?

प्रधानमन्त्री ओली सरकार चलाउने ‘प्रचण्ड’ पार्टि चलाउने, अब ओलीको शक्ति पार्टिमा कति ?
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपामा दुई अध्यक्ष छन्, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।संविधानले नै प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएकाले ४ मंसिरको सचिवालय बैठकअघिसम्म ओली सरकार र पार्टी दुवैतिर कार्यकारी अधिकारसहित शक्तिशाली थिए । तर, ४ मंसिरको सचिवालय बैठकले पार्टी अध्यक्षको कार्यकारी अधिकार दोस्रो वरीयताका अध्यक्ष प्रचण्डलाई दिने निर्णय गर्यो ।

बैठकको निर्णयमा भनिएको छ, ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने ।’ ०४६ मा तत्कालीन नेकपा (मशाल) को महामन्त्री भएदेखि एमालेसँग एकता हुनुअघिसम्म माओवादी केन्द्रको अध्यक्षका हैसियतमा कार्यकारी प्रमुखका रूपमा शक्ति अभ्यास गर्दै आएका प्रचण्ड ३ जेठ ०७५ अघिसम्म पार्टीको कार्यकारी हैसियतमै थिए ।

जब एमालेसँग एकतापछि नेकपा बन्यो, प्रचण्ड पनि एक अध्यक्ष भए, तर कार्यकारी अधिकार प्रयोग गर्न पाएनन् । बैठकको अध्यक्षता ओलीले नै गरे, पार्टीका निर्णयमा ओली नै हाबी रहे । ४ मंसिरको बैठकले कार्यकारी अधिकार प्रदान गरेपछि प्रचण्डले ‘बल्ल अध्यक्ष भएको फिल भएको’ बताउने गरेका छन् । सचिवालयको पछिल्लो निर्णयपछि प्रश्न उठेको छ, ओली अधिकारविनाको सेरमोनियल अध्यक्ष भएकै हुन् त रु ४ मंसिरकै बैठकको निर्णय र नेताहरूका अभिव्यक्तिले पार्टीभित्र ओलीको हैसियत ‘सेरमोनियल अध्यक्ष’ भएको बताउँदैनन् ।

जनयुद्धकालमा झैँ प्रचण्ड साँच्चीकै नेकपाको ‘सुप्रिमो’ बनिसकेको अथ्र्याउन पनि मिल्दैन । नेकपा स्थायी समिति सदस्य बेदुराम भुसाल भन्छन्, ‘पार्टी विधानले कमरेड ओली र प्रचण्ड दुवैलाई कार्यकारी अध्यक्ष तोकेको छ । कार्यकारीको जिम्मेवारी कमरेड प्रचण्डले पाउँदैमा अर्का अध्यक्ष ओलीको अधिकार कटौती भयो भन्ने अर्थ लाग्दैन ।’ नेताहरूको भनाइमा प्रचण्डले कार्यकारी अधिकार त पाएका छन् । तर, चार कारणले गर्दा ओलीको शक्ति पार्टीभित्र घटेको छैन, घट्ने स्थिति पनि छैन ।

पार्टी सञ्चालन आपसी सल्लाहमा गर्नुपर्ने स्थिति: कार्यविभाजनका सम्बन्धमा भएको निर्णयको चौथो बुँदामा ‘पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने’ उल्लेख गर्दै भनिएको छ, ‘पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयको आपसी सल्लाहमा गरिनेछ ।’ यसको अर्थ के हो भने भैपरी आउने निर्णयसमेत कार्यकारी अधिकार पाएका अध्यक्ष प्रचण्डले आफैँ गर्न पाउनेछैनन् । यस्तो निर्णयका लागि उनले अर्का अध्यक्ष ओलीको सल्लाह र सहमतिमा गर्नुपर्नेछ ।

यद्यपि, जसरी पार्टीका निर्णयमा कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीको सहमति लिनुपर्नेछ, कार्यकारी अधिकारसहितको प्रधानमन्त्री बनेका ओलीले पनि सरकार सञ्चालनको सन्दर्भमा अध्यक्ष प्रचण्डको सहमति लिनुपर्नेछ । ‘४ मंसिरको निर्णयले सरकार र पार्टी सञ्चालनको जिम्मेवारीबारे स्पष्ट बोलेको मात्र हो,’ स्थायी समिति सदस्य पम्फा भुसाल भन्छिन्, ‘त्यो निर्णयबाट दुवै अध्यक्षको जिम्मेवारी र भूमिका घटेको छैन । निर्णयले अध्यक्ष ओलीलाई सरकार र अर्का अध्यक्ष प्रचण्डलाई पार्टी सञ्चालनमा पूर्ण रूपमा सक्रिय हुने बाटो सहज बनाएको हो ।’

वरीयतामा ओली सिनियर, त्यसपछि मात्र प्रचण्ड: नेताहरू अध्यक्षको कार्यविभाजनसम्बन्धी पहिलो निर्णयले पनि नेकपाभित्र ओलीको शक्ति र प्रभाव यथावत् राखेको नेताहरू बताउँछन् । सोही बुँदाले अध्यक्षद्वय ओली र प्रचण्डको वरीयताक्रम यथावत् राखेको छ । अर्थात्, पार्टी एकताको दिन ३ जेठ ०७३ मा निर्धारण गरिएअनुसार ओली पहिलो वरीयतामा रहनेछन् भने प्रचण्ड दोस्रो वरीयतामा रहनेछन् । प्रचण्डले कार्यकारी अधिकार त पाएका छन्, तर वरीयतामा ओली नै अगाडि छन् ।

वरीयतामा जो अगाडि हुन्छ, सामान्यतः व्यावहारिक रूपमा त्यही व्यक्ति शक्तिशाली हुन्छ । कुनै निर्णय गर्दा अर्का अध्यक्ष आफ्नो (ओलीको) सहमति लिनुपर्ने बैठकको निर्णयका कारण पनि ओलीको शक्ति यथावत् रहेको नेताहरूको बुझाइ छ । ‘पार्टी एकतायता एक पटक भन्दा बढी स्थायी समिति बैठक बस्न सकेको छैन, अध्यक्ष ओलीको सहमतिविना प्रचण्डले बैठक बोलाउन सक्नुहुन्छ त ?’ अर्का स्थायी समिति सदस्य भीम रावल भन्छन्, ‘पक्कै पनि सक्नुहुन्न । त्यसो भएपछि ओलीको शक्ति घट्यो कसरी भन्ने ?’

बैठक अध्यक्षताको अधिकार कायमै:एकतापछि नेकपा सहअध्यक्षीय प्रणालीमा गयो । दुई पूर्वघटकका दुवै अध्यक्ष पार्टीका अध्यक्ष भए । वरीयतामा ओलीलाई अघि राखिए पनि विधानतः दुवै अध्यक्षलाई विधानले बराबर जिम्मेवारी दियो । व्यवहारमा चाहिँ आफू कमजोर भएको महसुस प्रचण्डले गर्न थाले । यसको मुख्य कारण थियो, बैठकस्थलको चयन र दुई अध्यक्षका लागि गरिएका भिन्दाभिन्दै कुर्सीको व्यवस्थापन । ३ फागुन ०७४ मा ओली प्रधानमन्त्री भएको तीन महिनापछि मात्र ३ जेठ ०७५ मा एमाले–माओवादी केन्द्रबीच एकता भएको हो ।

त्यतिवेला ओलीको बसोबास सरकारीनिवास बालुवाटारमा सुरु भइसकेको थियो । र, सचिवालय बैठक पनि बालुवाटारमै बस्न थाल्यो । माओवादी केन्द्रमा छँदा पार्टीका महत्वपूर्ण बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयका अलावा प्रचण्डनिवासमा हुने गर्थे । बैठकका लागि अब प्रचण्ड ओलीनिवास जानुपर्ने भयो । यतिसम्म त ठीकै थियो, पार्टी विधानमा दुवै अध्यक्षले संयुक्त अध्यक्षता गर्ने भनिए पनि अध्यक्षद्वयको कुर्सी व्यवस्थापन कहिल्यै सोहीअनुरूप भएनन् । ओलीका लागि छुट्टै खालको कुर्सी राख्ने गरिन्थ्यो भने प्रचण्डचाहिँ सचिवालयका बाँकी ७ सदस्यसरह सोफामा बस्थे ।

ओलीका लागि विशेष खालको कुर्सी, अर्का अध्यक्ष प्रचण्डका लागि चाहिँ स्थायी समितिका सदस्यझैँ सोफामा बस्नुपर्ने बाध्यता । साथै, बैठक पनि ओलीले चाहँदा हुने, नचाहँदा नहुने स्थितिका कारण एकताअघि २५ वर्षसम्मका पार्टी ‘सुप्रिमो’ प्रचण्डले आफू देखावटी, अधिकारविहीन र नाम मात्रको अध्यक्ष महसुस गर्न थाले । र, स्पष्ट अधिकार र जिम्मेवारीसहितको अध्यक्षका लागि लविङ थाले । ओलीकै सहमतिमा ४ मंसिरको बैठकले उनको मागको सुनुवाइ गर्यो, ‘कार्यकारी अधिकारसहित आमरूपमा पार्टीको अध्यक्षता र बैठक सञ्चालन प्रचण्डले गर्ने’ भन्दै ।

यद्यपि, सोही बैठकले पार्टी बैठक संयुक्त (ओली र प्रचण्डको) अध्यक्षतामा हुने बताउँदै ओलीको अध्यक्षता गर्ने अधिकारलाई कायमै राखेको छ । यस दृष्टिले पनि पार्टीभित्र ओलीको शक्ति यथावतै रहेको नेकपा नेताहरू बताउँछन् । प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारसमेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापा भन्छन्, ‘पार्टी विधानमा नै पार्टीमा दुई अध्यक्ष रहने व्यवस्था गरेको छ । दुवैका अधिकार बराबर छन् । यसो भएपछि एउटा अध्यक्ष शक्तिशाली र अर्को कमजोर भन्ने प्रश्न नै हुँदैन ।’

पार्टी विधानले दिएको अधिकार: थापाले भनेजस्तै नेकपा विधानअनुसार दुवै अध्यक्षले बराबरी शक्ति पाएका छन् । विधानतः अध्यक्षले पार्टी बैठकको अध्यक्षता गर्ने, पार्टीलाई वैचारिक नेतृत्व दिने, संगठनात्मक रूपमा नेतृत्व गर्नेलगायतका अधिकार र जिम्मेवारी पाउँछन् । प्रचण्डलाई कार्यकारी अधिकार दिए पनि ओलीको अधिकारचाहिँ घटाएको छैन, यथावत् नै राखेको छ । राजनीतिशास्त्री प्रा. कृष्ण खनाल भन्छन्, ‘सचिवालयले यस्तो निर्णय गर्दैमा पार्टीको सम्पूर्ण अधिकार प्रचण्डमा सर्यो र ओली कमजोर भए भनेर बुझ्न मिल्दैन ।

दुई भिन्न पृष्ठभूमिबाट आएका पार्टीका विभिन्न संगठनहरूलाई प्रचण्डले कसरी व्यवस्थापन गर्ने हुन्, यसले नै उनको जाँच गर्नेछ,’ खनालले भने, ‘प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै पार्टी एउटा नयाँ चरणमा प्रवेश गरेको अवश्य हो । तर, प्रचण्ड पूरै अध्यक्ष भए, ओलीको भूमिका घट्यो भन्न मिल्दैन ।’ नयाँ पत्रिका दैनिकबाट