१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नौ करोड ऋणमा डुबेपछि विधार्थीहरुबाट ११० प्रतिशत शिक्षण शुल्क वृद्धि गर्दै त्रिचन्द्र क्याम्पस

नौ करोड ऋणमा डुबेपछि विधार्थीहरुबाट ११० प्रतिशत शिक्षण शुल्क वृद्धि गर्दै त्रिचन्द्र क्याम्पस
अ अ+ अ-

काठमाडौं। देशकै सबैभन्दा पुरानो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पस नौ करोड रुपैयाँ घाटामा गएपछि क्याम्पस प्रशासनले शिक्षण शुल्क ११० प्रतिशतले बढाएको छ । क्याम्पसले १२ वर्षको अन्तरालमा शुल्क समायोजन गरेको जनाएको छ । त्रिचन्द्रले विज्ञान र मानविकी संकायतर्फको शिक्षण शुल्क बढाएको जनाएको छ । विज्ञान र मानविकी संकायमा बढी आर्थिक भार बढेपछि विद्यार्थीलाई जानकारी गराएरै शुल्क बढाइएको सहायक क्याम्पस प्रमुख जनक ढुंगानाले जानकारी दिए ।

उनका अनुसार गत वर्ष क्याम्पसले १ करोड ६४ लाख रुपैयाँ घाटा बेहोरेको छ । लामो समयदेखि शुल्क समायोजन नहुँदा विद्यार्थीबाट उठेको अधिकांश रकम करारका शिक्षकको तलबमा खर्च भएपछि शुल्क वृद्धि गरिएको ढुंगानाले बताए । ढुंगानाले भने, ‘स्थायी शिक्षक टीयूबाट नियुक्त नै हुँदैनन् । अनि, यहाँका स्थायी शिक्षकले अवकाश पाएपछि करारका शिक्षकलाई तलब खुवाउनुपर्यो । शुल्क समायोजन नभएको पनि धेरै समय भएकाले शुल्क बढेको हो ।’ हाल त्रिचन्द्र क्याम्पसमा १४ हजार विद्याथी अध्ययनरत् छन् ।

विद्यार्थी आन्दोलनमा:शुल्क वृद्धि फिर्ताको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । समन्वयबिना र हचुवामा शुल्क बढाएको आरोप विद्यार्थीले लगाएका छन् । अनावश्यक रूपमा शिक्षकलाई राजनीतिक दबाबका कारण करारमा नियुक्त गरिएको विद्यार्थीको आरोप छ ।

विद्यार्थीले क्याम्पस प्रशासनकै संलग्नतामा आर्थिक हिनामिना भएपछि क्याम्पस ऋणमा डुबेको बताएका छन् । विद्यार्थी नेता अशोक भण्डारीले वृद्धि गरिएको शुल्क फिर्ता नभएपछि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको बताए । भण्डारी भन्छन्, ‘हाम्रा माग विद्यार्थीमैत्री छन् । शुल्क वृद्धि कदापि मान्य हुँदैन ।’ राजधानी दैनिकबाट