७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

शसस्त्रका महानिरीक्षकलाई प्रधानमन्त्रीले लगाइदेलान फुली ?

शसस्त्रका महानिरीक्षकलाई प्रधानमन्त्रीले लगाइदेलान फुली ?
अ+ अ-

काठमाडौं: मन्त्रिपरिषदको आज बसेको बैठकले शसस्त्र प्रहरीको महानिरीक्षक पदमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

नवनियुक्त महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह यसअघिको परम्परा विपरीत प्रधानमन्त्रीले लगाइदिने सम्भावना छ । पूर्व गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रमुखहरुलाई प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह (फुली) लगाइ दिने गरी कार्यविधि संशोधन गरिएको बताएका थिए ।

यसअघिका शसस्त्र र नेपाल प्रहरीका महानिरीक्षकलाई गृह सचिवले दर्ज्यानी चिन्ह लगाइ दिने प्रचलन थियो ।

गृहले चाहेको कार्यविधि संशोधन भए श्री पौडेल प्रधानमन्त्रीको हातबाट दर्ज्यानी चिन्ह सहित सुशोभित हुने पहिलो आईजी हुनेछन् ।

हालका आईजी राजु अर्याल आगामी वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जान लागेकाले नयाँ नेतृत्व चयन गरिएको हो। अर्यालले २०७९ वैशाख १९ गतेदेखि सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्दै आएका थिए। कानुनी व्यवस्था अनुसार सशस्त्र प्रहरीको आईजी पदावधि चार वर्षको हुने प्रावधान रहेको छ।

आईजी पदका लागि एआईजी नारायणदत्त पौडेलसँगै एआईजी वंशीराज दाहाल पनि प्रतिस्पर्धामा रहेका थिए। पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए भने दाहाल २०७९ असोज २८ गते सो पदमा पुगेका थिए। वरीयताका आधारमा पौडेल पहिलो नम्बरमा रहेकाले सरकारले उनलाई नै आईजीमा नियुक्त गर्ने निर्णय गरेको हो।