१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

२१ हजार २ सय जनालाई बैंकहरूले सहुलियत कर्जा दिनैपर्ने

२१ हजार २ सय जनालाई बैंकहरूले सहुलियत कर्जा दिनैपर्ने
अ अ+ अ-

काठमाडौं । बैंकहरूले अब सहुलियत कर्जा पनि अनिवार्य रूपमा जारी गर्नैपर्ने भएको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले जारी गर्नुपर्ने यस्तो कर्जाको संख्या नै किटान गरेको छ । नयाँ निर्देशनअनुसार वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षभित्र कम्तीमा पनि ५ सयवटा यस्ता कर्जा जारी गरेको हुनुपर्नेछ । त्यस्तै, विकास बैंकहरूले कम्तीमा २ सयवटा र वित्त कम्पनीहरूले कम्तीमा १ सय यस्तो कर्जा जारी गरेको हुनुपर्छ । यसरी जारी गरेको कर्जा सहुलियत कर्जाअन्तर्गतको कृषि तथा पशुपक्षी कर्जाबाहेक हुनुपर्नेसमेत निर्देशन छ ।

हाल कृषिबाहेकका अन्य सहुलियत कर्जामा १ हजार ८ सय ५४ वटा कर्जा गएको छ । नयाँ निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी एक वर्षमा थप १९ हजार ३ सय ४६ वटा कर्जा बढाउनुपर्ने हुन्छ । हाल वाणिज्य बैंकको संख्या २८ वटा रहेको छ । सबैले ५ सयवटाको दरमा यस्तो कर्जा विस्तार गर्दा कुल १४ हजारजनाले यस्तो सहुलियत कर्जा पाउन सक्नेछन् ।

त्यस्तै, विकास बैंकको संख्या २५ र वित्त कम्पनीको संख्या २२ छ । निर्देशित व्यवस्थाअनुसार कर्जा जारी गर्न विकास बैंकहरूबाट ५ हजारजनाले र वित्त कम्पनीहरूबाट २ हजार २ सयजनाले सहुलियत कर्जा पाउनेछन् ।

१९ हजारले कृषि कर्जा पाउँदा अन्यको संख्या १८ सय:कृषि तथा पशुपक्षी कर्जामा मात्रै कर्जा गइरहेको कारण राष्ट्र बैंकले यो कर्जा अलग्याएर अन्यका लागि संख्या किटान गरेको हो । गत असोजसम्म १८ हजार ८ सय ५ जनाले सहुलियत कर्जाअन्तर्गतको कृषि कर्जा लिएका छन् । यो कर्जामा बैंकहरूले ३८ अर्ब २० करोड कर्जा लगानी गरेका छन् । असोजसम्म ३५ जनाले शिक्षित युवा स्वरोजगार कर्जा, ८० जनाले विदेशबाट फर्केका युवा परियोजना, ६५ जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाएका छन् ।

१ सय ४ जनाले दलित समुदाय व्यवसाय विकास कर्जा, १ सय ७५ जनाले भूकम्पपीडितका लागि निजी आवास कर्जा र १ हजार ३ सय ९५ जनाले महिला उद्यमशीलता कर्जा पाएका छन् । बैंकले यस्तो कर्जामा १ अर्ब १० करोड लगानी गरेको छ । राष्ट्र बैंकले हालै सहुलियत कर्जामा दुई क्षेत्रलाई समेत समावेश गरेको छ ।

कपडा उद्योग सञ्चालनका लागि र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको हो । यस्तो कर्जा जारी गरेका बैंकहरूले यो कर्जाको जोखिमको व्यवस्था गर्नुनपर्ने सुविधासमेत राष्ट्र बैंकले दिएको छ ।

बाध्यकारी कर्जा बढ्दै:पछिल्लो समय राष्ट्र बैंकले निजी क्षेत्रका बैंकहरूलाई समेत थप दबाब दिएको हो । यसअघिदेखि नै बैंकहरूलाई विभिन्न कर्जामा निर्देशित दरमा अनिवार्य लगानी गर्नैपर्ने व्यवस्था राष्ट्र बैंकले गर्दै आएको छ । हाल वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा अनिवार्य रूपमा कुल कर्जाको १० प्रतिशत र उर्जा तथा पर्यटनमा १५ प्रतिशत लगानी गर्नैपर्ने व्यवस्था छ । त्यस्तै, विपन्न वर्ग कर्जामा बैंकहरूले ५ प्रतिशत अनिवार्य कर्जा लगानी गर्नुपर्छ ।

५ मध्ये २ प्रतिशत लगानी प्रत्यक्ष रूपमा र बाँकी ३ प्रतिशत लगानी अन्य लघुवित्त कम्पनीहरूमार्फत गर्न सक्ने व्यवस्था छ । त्यस्तै, विकास बैंकहरूले कृषि, ऊर्जा र पर्यटनमा कुल कर्जाको १५ प्रतिशत र वित्त कम्पनीहरूले १० प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था रहेको छ । नयाँ पत्रिका दैनिककबाट