२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बनमा परेका एन्फा पदाधिकारीको पासपोर्ट रोक्का



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बनमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूको विदेश यात्रा रोक लगाएको छ ।

आर्थिक अनियमिततासम्बन्धी छानबिनलाई प्रभावित हुन नदिन यस्तो निर्णय गरिएको हो । खेलकुद मन्त्रालय स्रोतका अनुसार एन्फाको आर्थिक गतिविधिमाथि भइरहेको अनुसन्धानका क्रममा सबै पदाधिकारीलाई विदेश जान प्रतिबन्ध लगाइएको हो ।

राखेपले एन्फाको वित्तीय विषयमा छानबिन गर्न कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिसकेको छ । छानबिन निष्पक्ष र प्रभावकारी बनाउन पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाउन मन्त्रालयलाई पत्राचार गरिएको जनाइएको छ ।

त्यसपछि खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत प्रक्रिया अघि बढाएपछि अध्यागमन विभागले सम्बन्धित पदाधिकारीहरूको पासपोर्ट रोक्का गरेको बताइएको छ । अर्ली इलेक्सन विवादसँग सम्बन्धित परिस्थितिका कारण राखेपले चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।