२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण ‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी प्रधानमन्त्री र इरानी विदेश मन्त्रीबीच इस्लामाबादमा वार्ता



अ+ अ-

काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयकाअनुसार पाकिस्तानी प्रधानमन्त्री मुहम्मद शाहबाज सरिफ र इरानी विदेश मन्त्री सैयद अब्बास अराक्चीबीच शनिवार इस्लामाबादमा भेटवार्ता भएको छ ।

कार्यालयले जनाएअनुसार सो भेटमा पाकिस्तानी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इसहाक दार र सेना प्रमुख फिल्ड मार्शल सैयद आसिम मुनिर पनि सहभागी थिए ।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अराक्ची आएपछि शुक्रवार र शनिवार पाकिस्तानी र इरानी अधिकारीहरूबीच शृङ्खलाबद्ध बैठकहरू भएका थिए ।

पाकिस्तानी स्रोतहरूकाअनुसार यी बैठकहरू इरान र संयुक्त राज्य अमेरिकाबीच सम्भावित वार्ताका प्रस्तावहरूमा केन्द्रित थिए । स्रोतहरूकाअनुसार इरानले वार्ताका क्रममा आफ्ना सर्त र प्रश्तावहरूमा जोड दिएको थियो भने द्वन्द्व अन्त्यका लागि कूटनीतिक संलग्नताको भविष्यको मार्ग तय गर्न प्रतिवद्ध रहेको जनाएको थियो ।

स्रोतकाअनुसार शुक्रवार राति ढिलो उच्चस्तरीय बैठक बसेको थियो जसमा इरानी पक्षले संयुक्त राज्य अमेरिकाद्वारा पठाइएका प्रश्तावहरूको जवाफका साथै प्रमुख मागहरूमा आफ्नो स्थिति सार्वजनिक गरेको थियो ।

 मध्यस्थकर्ताको रूपमा भूमिका खेलेका पाकिस्तानी अधिकारीहरूले वाशिंगटनबाट सन्देशहरू पु¥याएका थिए, जसपछि इरानी प्रतिनिधिमण्डलले बैठक निष्कर्षमा पुग्नुअघि आफ्नो दृष्टिकोण प्रश्तुत गरेको थियो ।

शनिवार पनि छलफल जारी रह्यो, जसमा इरानी प्रतिनिधिमण्डलले दुवै पक्षको जवाफ समीक्षा गर्न र सम्भावित अर्को कदमको मूल्याङ्कन गर्न पाकिस्तानी मध्यस्थकर्ताहरूसँग धेरै चरणको बैठकमा संलग्न भयो ।

स्रोतहरूले बताएअनुसार इरानी पक्षले क्षेत्रमा शान्ति र स्थिरता प्रवद्र्धन गर्ने उद्देश्यले पाकिस्तानको नेतृत्वले गरेको अथक र इमानदार प्रयासको प्रशंसा गरेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल