१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट सेवा



अ+ अ-

हुम्ला। वैशाख लागेसँगै बिग्रिएको फोरजी टावर मर्मतपछि सञ्चालनमा आएको छ ।

सर्केगाड गाउँपालिका–६ छ्यागीमा रहेको भुब्रेलेखअन्तर्गत खातिलेखमा रहेको फोरजी रिपिटर टावर अवरुद्ध भएपछि प्रभावित क्षेत्रका स्थानीय करिब दुई सातादेखि इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो । उक्त टावरले वैशाख १ गतेदेखि काम गर्न छाडेको थियो ।

सेवा अवरुद्ध भएपछि नेपाल टेलिकम सिमकोटको पहलमा प्राविधिक टोली परिचालन गरिएकामा शनिबार नेपाल टेलिकमका प्राविधिक उब्जन शाहीको नेतृत्वमा टोली सम्बन्धित स्थलमा पुगेर मर्मत सम्पन्न गरी फोरजी सेवा सुरु भएको हो ।

उक्त टावरको ब्याट्री ब्याकअपमा समस्या आउँदा इन्टरनेट सेवाले काम गर्न छाडेको र शनिबारदेखि टावरले काम गर्न थालेको उहाँले बताउनुभयो ।

टावर मर्मतपछि खार्पुनाथ–१, २ र ३ तथा सर्केगाड–१, २, ३ र ६ मा फोरजी इन्टरनेट सेवा पुनः सञ्चालन भएको सर्केगाड–७ का जीवन छत्यालले बताउनुभयो ।

सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई सञ्चार तथा इन्टरनेट प्रयोगमा सहज भएको छ । त्यस्तै, खार्पुनाथ–१ का लालबहादुर शाहीले सेवा पुनस्र्थापनाप्रति खुसी व्यक्त गर्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गर्नुभयो । रासस