१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ५७२ सवारी चालकलाई कारबाही



फाइल फोटो
अ+ अ-

काठमाडौँ। ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज ५७२ वटा सवारी चालकलाई कारबाही गरिएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ‘सप्राइज चेकिङ’का क्रममा ट्राफिक नियम पालना नगरी सवारी चलाउनेहरूलाई कारबाही गरिएको हो । यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी पाँच जनालाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी डिभिजन कार्यालयले जनाएको छ ।

यसैगरी रातो बत्ती उल्लङ्घन गर्ने १९, लेन अनुशासन पालना नगर्ने ४१ तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५०७ सवारी चालकलाई कारबाही गरिएको छ ।

प्रहरीले कानुनविपरीत तथा दण्डनीय कार्य नगर्न र चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको सुरक्षाबारे ध्यानदिन सबैलाई आग्रह गरेको छ ।

यदि चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि अनुरोध गरिएको छ ।  रासस