६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बालश्रमसम्बन्धी ऐनलाई कार्यान्वयनयोग्य बनाउन विभिन्न सुझाव पेस

बालश्रमसम्बन्धी ऐनलाई कार्यान्वयनयोग्य बनाउन विभिन्न सुझाव पेस
अ+ अ-

काठमाडौँ। बालअधिकार, श्रमिक अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील नागरिक संस्थाहरूले बालश्रम अन्त्यका लागि बालश्रमसम्बन्धी ऐनलाई कार्यान्वयनयोग्य बनाउन आग्रह गरेका छन् ।

बालश्रम निषेध तथा नियमित गर्ने ऐन, २०५६ लाई प्रतिस्थापन गर्न तयार गरिएको विधेयक, २०८३ को मस्यौदामाथि सुझाव प्रस्तुत गर्दै ती संस्थाहरूले यस्तो आग्रह गरेका हुन् ।

विभिन्न १७ वटा नेटवर्क, बालश्रम विज्ञ, सातै प्रदेशमा कार्यरत एक सयभन्दा बढी सामाजिक संस्थाका प्रतिनिधिबीच बृहत्त छलफल गरी शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय उक्त सुझाव लिखित रूपमै हस्तान्तरण गरिएको राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष मधु गुरुङ जानकारी दिनुभयो ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा राष्ट्रिय कार्य समन्वय समितिका अध्यक्ष ऋतु भट्ट राई, राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष गुरुङ, सिएओ फोरम बागमती प्रदेश संयोजक एवं जिएनबी नेपालका अध्यक्ष प्रकाश खतिवडा र बाल सल्लाहकार परिषद्का अध्यक्ष धरिेन्द्र बिसीलगायतले संयुक्त रूपमा सुझावपत्र हस्तान्तरण गरेका उहाँले बताउनुभयो ।

“मन्त्रालयले वेवसाइटमार्फत आमनागरिक तथा सरोकार भएकाहरूसँग सुझाव आह्वान गरेपछि देशभर बालश्रम क्षेत्रमा कार्यरत एक सयभन्दा बढी संस्थाका प्रतिनिधि, बालश्रमिक, पूर्वबाल श्रमिक र बालबालिकाको सहभागितामा व्यापक छलफल गरी मस्यौदामा सुझाव सङ्कलन गरिएको थियो”, सञ्जालका अध्यक्ष गुरुङले भन्नुभयो, “दिगो विकास लक्ष्य ८ (७) का लागि नागरिक मञ्च, राष्ट्रिय बाल संरक्षण सञ्जाल तथा राष्ट्रिय कार्य समन्वय समूहको समन्वयमा सम्पन्न छलफलमा ट्रेड युनियन, अन्तरराष्ट्रिय संस्था तथा विकास साझेदारहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।”

जिएनबी नेपालका अध्यक्ष खतिवडाले १७ वटा नेटवर्क, बालश्रमका विज्ञ, सातै प्रदेशमा कार्यरत सामाजिक संस्था, ट्रेड युनियन तथा कार्पेट उद्योग, इँट्टाभट्टा, घरेलु श्रम र मनोरञ्जन क्षेत्रका बालश्रमिकसँग गरिएको विस्तृत परामर्शका आधारमा साझा सुझाव तयार पारिएको जानकारी दिनुभयो । उहाँले विधेयकलाई समयानुकूल, बालअधिकारमैत्री र कार्यान्वयनयोग्य बनाउन नागरिक समाजले एकीकृत रूपमा सुझाव दिइएको बताउनुभयो ।

राष्ट्रिय कार्य समन्वय समितिका अध्यक्ष भट्टराईले मस्यौदामा बालश्रम नियन्त्रण, अनुगमन संयन्त्र सुदृढीकरण, दण्ड व्यवस्था परिमार्जन तथा पीडित बालबालिकाको पुनस्र्थापना र सामाजिक सुरक्षा सुनिश्चितता जस्ता विषयलाई विशेष जोड दिइएको बताउनुभयो ।

बाल सल्लाहकार परिषद्का अध्यक्ष बिसीले सातै प्रदेशका बालश्रमिक तथा बाल क्लबमा आबद्ध बालबालिकाको आवाज सुझावपत्रमा समेटिएको उल्लेख गर्दै बालबालिकाको अनुभवका आधारमा कानुन निर्माण हुनु आवश्यक रहेको बताउनुभयो ।

सुझावपत्र ग्रहण गर्दै सहसचिव आचार्य र उपसचिव शर्माले नागरिक संस्थाहरूले प्रस्तुत गरेका सुझावलाई मन्त्रालयले ऐनमा समेट्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस