३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिम र न्यु डायमण्डको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौँ। न्यु डायमण्ड स्पोर्ट्स क्लबले जारी प्रधानमन्त्री दशौं कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्पm लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार भएको आफ्नो दोस्रो खेलमा न्यु डायमण्डले एभरेस्ट भलिबल क्लवमाथि ३–० को सोझो सेटमा जित निकाल्यो ।

दोस्रो खेलमा न्यु डायमण्डको यो दोस्रो जित हो । भारतीय खेलाडीको साथ पाएको एभरेस्टले पहिलो दुई सेटमा निकै चुनौती दियो । तर, न्यु डायमण्डले पहिलो सेट २८–२६ र दोस्रो सेट २६–२४ ले संघर्षपूर्ण रूपमा जित्यो ।

सेटमा २–० को अग्रतासँगै न्यु डायमण्डले बलियो आत्मबल बटुल्यो । तेस्रो सेट न्यु डायमण्डले २५–१४ ले फ्नो बनाउँदै एभरेस्टमाथि सोझो सेटमा जित आत्मसात् ग¥यो । पहिलो खेलमा न्यु डायमण्डले सुदूरपश्चिम प्रदेशलाई पनि ३–० कै सोझो सेटमा हराएको थियो ।

यता, एभरेस्टको भने यो दोस्रो हार हो । एभरेस्ट पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–० ले पराजित भएको थियो । तर, एभरेस्टले दोस्रो खेलमा घरेलु प्रतियोगिताकै सबैभन्दा बलियो टोली एपिएफ क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै लयमा रहेको संकेत गर्यो ।

यद्यपि, तेस्रो खेलमा न्यु डायमण्डलाई चुनौती दिए पनि एभरेस्टले सफलता पाउन सकेन । महिलातर्फ खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । यससँगै साबिक विजेता पुलिसले पनि दोस्रो खेलमा आफ्नो विजयी यात्रा जारी राख्यो । पुलिसले सुदूरपश्चिममाथि २५–१२, २५–५ र २५–१९ ले सहजै हराउन सफल भयो ।

शनिबार भएको पुरुषतर्पmको खेलमा रुकुम पश्चिम भलिबल केन्द्रले कोशी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । तीन जना पाकिस्तानी खेलाडीको साथ पाएको रुकुम पश्चिमले कोशीमाथि २५–२३, २५–१७ र २५–२० ले हरायो ।

रुकुम पश्चिमको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा पनि रुकुम पश्चिमले एपिएफलाई ३–० को सोझो सेटमा हराएको थियो । –न्युज एजेन्सी नेपाल