१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेकपाको प्रशिक्षण कक्षा, पाठ्यक्रम नै निर्माण गर्दै

नेकपाको प्रशिक्षण कक्षा, पाठ्यक्रम नै निर्माण गर्दै
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाले प्रशिक्षण कक्षा नियमित चलाउने गरी नयाँ पाठ्यक्रम निर्माण गर्ने भएको छ । स्कुल विभागको बैठकले पाठ्यक्रम निर्माण भएलगत्तै कक्षा सञ्चालन गर्ने जनाएको छ । ‘बैठकमा स्कुल विभागको नयाँ पाठ्यक्रमसहित तीनवटा मस्यौदा छलफलका लागि प्रस्तुत भएका थिए,’ स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले भने, ‘ती दस्ताबेज आवश्यक सुझाबसहित अर्को बैठकबाट पारित गरिनेछन् ।’

विभागमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख, भुसाल र देवेन्द्र पौडेल उपप्रमुख छन् । पाठ्यक्रमसहित प्रशिक्षण कक्षा सञ्चालनसम्बन्धी निर्देशिकाको मस्यौदामा प्राप्त सुझाबसहित २२ मंसिरमा बैठक बसी तीनवटै दस्ताबेजलाई अन्तिम रूप दिने विभागले सहमति गरेको भुसालले बताए । नेकपाले पार्टी एकतासँगै समाजवादउन्मुख जनताको जनवादलाई अन्तरिम राजनीतिक कार्यदिशा अवलम्बन गर्ने तय गरेको छ ।

नेकपाभित्र पूर्वएमाले समूहको एउटा पंक्ति जनताको बहुदलीय जनवादलाई नै पार्टीको मार्गदर्शक सिद्धान्त र अन्तरिम राजनीतिक कार्यदिशासमेत मानेर जानुपर्ने पक्षमा छ । विभागका प्रमुख पोखरेल स्वयंले त्यसैको वकालत गर्दै आएका थिए । विभाग प्रमुख भएपछि भने उनी त्यसबारे मौन छन् । विभागलाई ३५ सदस्यीय बनाएर पूर्णता दिनका लागि समेत स्कुल विभागले गृहकार्य अघि बढाएको छ । विभागका सदस्य छनोटका निम्ति बिहीबारको बैठकले ४ वटा मापदण्ड पनि बनाएको छ ।

जसअनुसार विषयविज्ञ नेताहरू मात्र विभागका सदस्यमा छनोट हुनेछन् । त्यस्तै, विषयविज्ञ पार्टीनिकट बुद्धिजीवीहरू–प्राध्यापक, वकिल, विभिन्न क्षेत्रका अनुसन्धानकर्ता, स्कुल विभाग व्यवस्थापनमा दख्खल राख्ने व्यक्तित्व र सूचना प्रविधिमा दक्ष व्यक्तिलाई मात्र विभागमा छनोट गर्न सक्ने गरी मापदण्ड बनेको भुसालले बताए । नयाँ पत्रिका दैनिकबाट